पोखरा, जेठ ६ गते । गण्डकी प्रदेशको लमजुङ जिल्लाको मस्र्याङ्दी, दोर्दी गाउँपालिका र बेसीसहर नगरपालिकासँगै मनाङ जिल्लामा बुधबार र बिहीबार लगायत गइरहेको भूकम्पका कारण २ सय ५० घरमा क्षती पुगेको छ । भुकम्पले १ सय भन्दा बढि घर बस्नै नमिल्ने गरी भत्किएको गण्डकी प्रदेश सरकारले जनाएको छ । भुकम्प गएको क्षेत्रमा गण्डकी प्रदेश सरकारले राहत पठाएको छ ।

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुंगले तत्कालको राहतका लागि सरकारले ४० थान टेन्ट र त्रिपाल पठाइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार संघ सरकारबाट ५० थान त्रिपाल समेत भुकम्पग्रस्त क्षेत्रमा पुगेको छ । जिल्ला विपद व्यवस्था समिति र रेडक्रस सोसाइटी लगायत संस्थाले राहत उपलब्ध गराएको उहाँले जनाकारी दिनुभएको छ । गण्डकी प्रदेश सरकारले भत्किएका घर निर्माणमा छिटोभन्दा छिटो लाग्ने प्रतिबद्ध समेत जनाएको छ । मुख्यमन्त्रीले भुकम्पमा घाइतेहरुको चोट महसुस गरेको जनाउदै घाइते हुनुभएका सबैजनाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु उहाँले भन्नुभएको छ ।