पोखरा, जेठ ६ गते ।पोखरा महानगरपालिकाले स्थानीय पाठ्क्रम लागु गर्ने भएको छ । पोखरा महानगरपालिको ४९ औ कार्यापालिका बैठकले नयाँ शैक्षिक सत्रबाट स्थानीय पाठ्क्रम लागु गर्ने निर्णय गरेको छ । बैठकले महानगर शिक्षा महाशाखाबाट तयार गरी पेश भएको कक्षा १ देखि ५ सम्मको स्थानीय पाठ्यक्रम, २०७७ लाई स्वीकृति प्रदान गदै आगामी शैक्षिक सत्र २०७८ बाट महानगरका सम्पूर्ण विद्यालयहरुमा क्रमश लागु गर्ने निर्णय गरेको महानगरका प्रवत्ता धनबहादुर नेपालीले जनाकारी दिनुभयो ।
बैठकले कोरोनामहामारीको कारण विद्यालयहरुले संचालनगर्ने शैक्षिक सत्र २०७७का वार्षिक परीक्षाहरु विधार्थीको भौतिक उपस्थितिमा स्वास्थ्य मापदण्ड पुरा गरि संचालन गर्न सम्भवन देखिएको निष्कर्ष निकालेको छ । बैठकले कक्षा १ देखि ९ (कक्षा ८ बाहेक) सम्मका परीक्षाहरु विद्यालयले यस वर्ष पूर्व संचालन गरिएका आन्तरिक परीक्षाहरु त्रैमासिक, अर्ध वार्षिक परीक्षा एवं अन्य आन्तरिक मुल्यांकनका आधारमा मूल्यांकन गरी नतीजा प्रकाशन सम्बन्धी कार्य जेठ मसान्तसम्म सम्पन्न गर्ने निर्णय गरेको । साथै शैक्षिक सत्र २०७८ को शैक्षिक सत्रको भर्ना आषाढ १ गते बाटमात्र शुरुवात गर्ने गरी विधालयहरुलाई निर्देशन दिने निर्णय गरेको छ । कक्षा ८ को परीक्षा सम्बन्धमा नगर स्तरीय परीक्षा सन्चालन एवं समन्वय समितिको बैठकको निर्णय पश्चात सोही बमोजिम हुने गरी सूचना प्रकाशन गर्ने भएको छ ।
त्यस्तै बैठकले पोखराको नयाँ बजारमा सञ्चालन भैरहेको शहरी स्वास्थ्य केन्द्रलाई वडा नम्वर १८ मा स्थापना गरी सञ्चालनमा ल्याउने निर्णण गरेको छ । पोखराको १८ नम्वर वडामा सबैलाई पाएक पर्ने स्थानमा सार्ने निर्णय गरिएको हो । त्यस्तै बैठकले महानगरपालिकावडा नं. ५ को नयाँ वडा कार्यालय निर्माण गर्ने निणय गरेको छ । पोखराको मालेपाटनमा रहेको कृषिशाखा कृषि सेवा केन्द्रको अन्दाजी ३ रोपनीे जग्गामा कृषिबजार उपज केन्द्र र वडाकार्यालय बनाउन आवश्यक प्रकृया अघिबढाउने निर्णय गरेको प्रवत्ता नेपालीले जनाकारी दिनुभयो ।
अन्य निर्णयहरु ः–
ड्ड आगामीनवौं नगर सभा बजेट अधिबेसन समेत भएकाले नगर सभाको प्रयोजनको लागि ५ वटाविषयगत समितिसंस्थागतविकास तथा सेवाप्रवाह समिति, वातावरणतथाविपद् व्यवस्थापन समिति, पूर्वाधार विकास समिति, सामाजिकविकास समिति रआर्थिक विकास समितिगठनगर्ने निर्णय गरियो ।
ड्ड आगामीआ.व. ०७८÷०७९ कावार्षिक विकास कार्यक्रमतर्जुमागर्दा त्रिवर्षिय योजनालाई आधार मानीतयारीमाजुट्ने ।
ड्ड सार्वजनिकनिजी साझेदारी सूचना नं. ०६÷०७७÷०७८ फेवातालको ४ वटा स्रोत नदीमाबनेको सिल्ट्रसन ड्यामहरुको मर्मत संभार सम्बन्धी सानिसाआयोजनाको विषयमानगर कार्यपालिकाको मिति २०७७÷१२÷२७को निर्णय बमोजिमबार्ता गरि सानिसा समितिको मिति २०७८÷०२÷०१ को निर्णयानुसार पेश भएको दुबै पक्षबीचको सहमतिको मस्यौदा अनुमोदन सहितउक्तआयोजनाको सम्झौताप्रकृया अगाडिबढाउने निर्णय गरियो ।
ड्ड कोरोनामहामारीको कारणविधालयहरुले संचालनगर्ने शैक्षिक सत्र २०७७कावार्षिक परीक्षाहरु विधार्थीको भौतिकउपस्थितिमा स्वास्थ्यमापदण्ड पुरा गरि संचालनगर्न सम्भवनदेखिएकाले कक्षा १ देखि ९ (कक्षा ८ बाहेक) सम्मका परीक्षाहरु विद्यालयले यस वर्ष पूर्व संचालनगरिएकाआन्तरिक परीक्षाहरु त्रैमासिक, अर्ध वार्षिक परीक्षाएवं अन्यआन्तरिक मुल्यांकनकाआधारमामूल्यांकन गरी नतीजाप्रकाशन सम्बन्धीकार्य जेष्ठमसान्त सम्म सम्पन्नगर्ने । साथै शैक्षिक सत्र २०७८ को शैक्षिक सत्रको भर्ना आषाढ १ गते बाटमात्र शुरुवातगर्ने गरी विधालयहरुलाई निर्देशनदिने ।
ड्ड कक्षा ८ को परीक्षा सम्बन्धमानगर स्तरीय परीक्षा सन्चालनएवं समन्वय समितिको बैठकको निर्णय पश्चात सोहीबमोजिमहुने गरी सूचनाप्रकाशनगर्ने ।
ड्ड शिक्षामहाशाखाबाटतयार गरी पेश भएको कक्षा १ देखि ५ सम्मको स्थानीयपाठ्यक्रम, २०७७लाई स्वीकृतिप्रदानगर्ने र आगामी शैक्षिक सत्र २०७८ बाटमहानगरका सम्पूर्ण विद्यालयहरुमाक्रमशलागु गर्ने ।
ड्ड कोभिड १९को संक्रमणको अवस्थात्यसको रोकथाम, नियन्त्रण र संक्रमितहरुको उपचार लगायतकाकार्यमामहानगरपालिकाबाटभएकाप्रयासको विषयमाछलफलतथा समिक्षागरियो । साथै दोस्रो लहरको कोभिड–१९ को संक्रमण रोकथामनियन्त्रण र संक्रमितहरुको उपचारको व्यवस्थाको लागितपसिलबमोजिमको कार्यहरु तत्कालगर्ने ।
(क) महानगरपालिकाबाट संचालितआईसोलेसनलाई व्यवस्थित तबरले संचालनगर्न “कोभिड–१९ संक्रमितहरुको व्यवस्थापन र उपचारकालागिआईसोलेसन वार्ड संचालनकार्यविधि–२०७७” स्वीकृत गर्ने ।
(ख) कोभिडवार्ड संचालनको लागिआवश्यकखरिद प्रक्रियाएवं जनशक्तितथाऔषधिआपूर्तिको प्रक्रियाविशेष अवस्थाको प्रावधानअघिबढाउने ।
(ग) क्ष्कयबितष्यलरऋयखष्म ध्बचम को सेवाशुल्क नेपाल सरकारले तोके बमोजिमशोधभर्ना मागगर्ने गरी तथा सेवाग्राहीले तिर्नु पर्ने शुल्कहरु तथाऔषधिहरुको मुल्यशिशुवाअस्पतालले तथा संक्रामक रोग निवारणअस्पतालले तोकेको दरमाउपलब्ध गराउने व्यवस्थामिलाउने ।
(घ) पोखरा– १६ मा रहेको कोमागाने मातृशिशु मितेरी अस्पताललाई कोभिडअस्पतालको रुपमा विकास गर्न जि.स.स.कास्कीबाटप्राप्त १५ (पन्ध्र) लाख रुपैयामा यस महानगरपालिकाबाट रु १० (दश) लाखथपगरी रु २५ (पच्चिस)लाखअनुदानउपलब्ध गराउने ।
(ङ) साविक लेखनाथनगरपालिकाको भवनमाबन्ने कोभिडआईसोलेसन अस्पतालको लागि आवश्यकताबमोजिमोे जनशक्तितयार गर्ने ।
ड्ड पोखरा वडा नं.१८ मापायक पर्ने गरी शहरी स्वास्थ्य केन्द्र स्थापनातथा संचालनगर्ने ।
ड्ड पोखरा महानगरपालिकावडा नं. ५ कोनयाँवडाकार्यालय कृषिशाखा कृषि सेवा केन्द्रको अन्दाजी ३ रोपनीे जग्गामा कृषिबजार उपज केन्द्र र वडाकार्यालय बनाउनआवश्यकप्रकृया अघिबढाउने ।
ड्ड पोखरावडा नं. २७कोवडाकार्यालय (साविक लेखनाथनगरपालिकाको कार्यालय) भवनलाई कोभिड संक्रमितहरुको उपचार गर्न तत्कालअस्पतालको रुपमाविकास गर्ने भएकाले नयाँवडाकार्यालय घरेलु कार्यालयको हाताभित्रको ५ रोपनीजग्गाउपलब्ध गराउनआवश्यकप्रकृया अघिबढाउने ।
धन्यवाद
……………………….
धनबहादुर नेपाली
प्रवक्ता
पोखरा महानगरपालिका