शुक्रबार कास्कीका ९ सहित गण्डकीमा १९ जनाको मृत्यु, १०५३ नयाँ संक्रमित थपिए

पोखरा, जेठ ७ गते ।गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनीक गरेको पछिल्लो विवरण अनुसार गण्डकीका विभिन्न अस्पतालमा उपचाररत १९ जनाको मृत्यु भएको हो । गण्डकी ११ जिल्ला मध्य शुक्रबार सबैभन्दा धेरै कास्कीका ९ जना संक्रमितको मृत्यु भएको छ ।

त्यस्तै पर्वतका ३ जना, तनहुँका ३ जना, स्यांजा र नवपरासीका २ जनाको मृत्यु भएको छ । त्यस्तै गण्डकी प्रदेशमा शुक्रबार १०५३ नयाँ संक्रमित थपिएका छन् ।४९९ महिला र ५५४ जना पुरुष संक्रमित भएका छन् ।

सबैभन्दा धेरै कास्कीमा ३८३ नयाँ संक्रमित थपिएका छन् । त्यस्तै बागलुंगमा २०४ जना, म्याग्दीमा १०७ जना, गोरखामा ९८ जना, नवलपरासीमा ७४ जना, पर्वतका ६५ जना, लमजुग ३६ जना, स्यांजामा ३२ जना नयाँ संक्रमित थपिएका छन् ।गण्डकीमा अहिले सम्म संक्रमितको संख्या ३३११३ जना पुगेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...