कमल थापाले भने दुवै दावी जाली र किर्ते भए, संविधान बमोजिम चुनाव घोषणा होस

पोखरा, जेठ ७ गते ।राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्रीमा दावी गर्ने दुवै पक्षको विश्वासको मत प्राप्त गर्ने आधार नभएको भन्दै चुनाव घोषणा गर्न माग गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्, राष्ट्रपति महोदय,दुवै दावीमा संविधानको धारा ७६ (५)अनुसार बिश्वासको मत प्राप्तगर्नेुआधार छैन ।


उनले दुवै जाली र किर्ते भएको आरोप लगाउदै भनेका छन्, दुवै खारेज गरी संविधान बमोजिम चुनाव घोषणाहोस । यिनीहरूले संघीय गणतन्त्रलाई गाईजात्रामा परिणत गरे,लोकतन्त्रको नाममा ब्रम्हलुट गरे। अब जनतालाई विकल्प खोज्ने अवसर दिनुपर्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...