निर्वाचनको तयारीमा जुटन आयोगलाई प्रधामन्त्रीको निर्देशन

पोखरा, जेठ ८ गते ।प्रतिनिधिसभा विघटनसंगै कात्तिक अन्तिम साता र मंसिर पहिलो साताका लागि निर्वाचनको मिति घोषणा भएको छ । शनिबार विहान राष्टपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि नेपाली काँग्रेस सहितका दलहरुले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा १४९ सांसद सहित दावी प्रस्तुत गरेका थिए भने एमाले अध्यक्ष ओलीले १५४ सांसद सहित आफुसंग बहुमत भएको दावी गरेका थिए । राष्टपतिले दुवै दावी अस्वीकार गरेपछि प्रधानमन्त्री ससद विघठनको सिफारिस गरेको थियो ।

राष्टपतिले प्रतिनिधिसभाले सरकार दिने सम्भवना नरहेको भन्दै विघठन गरीन् । निर्वाचन घोषणा भएसगै प्रधानमन्त्री ओलीले निर्वाचन आयोगका पदाधिकारीसंग छलफल गर्नुभएको छ ।प्रधानमन्त्री ओलीले निर्वाचन आयोगका पदाधिकारीहरूलाई घोषित मितिमा निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनुभएको छ । आज बालुवाटारमा भएको उक्त भेटमा उहाँले निर्वाचन अपरिहार्य भएकाले मुलुक निर्वाचनतर्फ नै अघि बढेको स्पष्ट पार्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...