नेपालमा सङ्क्रमितको संख्या पाँच लाख नाघ्यो, आठ हजार ८४८ कोरोनामुक्त, १२९ को मृत्यु

काठमाडौं, जेठ ८ गते । नेपालमा कोरोनाभाइरसका आठ हजार ५९१ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १९ हजार ३५७ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख नाघेको छ । हालसम्म पाँच लाख पाँच हजार ६४३ जना सङ्क्रमित भएका छन् । पछिल्लो चौबीस घण्टामा आठ हजार ८४८ जना कोरोनामुक्त भएका छन् । सोही अबधिमा १२९ सङ्क्रमितको मृत्यु भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...