पोखरा, जेठ ९ गते ।गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनीक गरेको पछिल्लो विवरण अनुसार गण्डकीका विभिन्न अस्पतालमा उपचाररत १७ जनाको मृत्यु भएको हो । गण्डकी ११ जिल्ला मध्य आइतबार कास्कीका ४ जना संक्रमितको मृत्यु भएको छ ।
त्यस्तै स्यांजाका ४ जना, पर्वतका १ जना, म्याग्दीका ३ जना, तनहुँका १ जना, लमजुंगका १ जना, नवलपरासीका १ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै गण्डकी प्रदेशमा आइतबार ९४६ नयाँ संक्रमित थपिएका छन् ।
४४३ महिला र ५०३ जना पुरुष संक्रमित भएका छन् । सबैभन्दा धेरै कास्कीमा २८५ जना, म्याग्दीमा १८१ जना, बागलुंगमा ८५ जना, गोरखामा १७१ जना, लमजुगमा ८ जना, तनहुँमा ६१ जना, स्यांजा ९० जना, नवलपरासीमा २५ जना, पर्वतमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।गण्डकीमा अहिले सम्म संक्रमित संख्या ३४५८२ पुगेको छ