काठमाडौ, जेठ १० गते । नेकपा एमालेको स्थायी कमिटी बैठक दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । सरकारको प्रतिनिधिसभा विघटनको कदमविरुद्द एमालेका केही सांसद सहित विपक्षी गठबन्धनले सोमबार सर्वोच्च अदालतमा रिट दायर गर्दैछन् । यसका लागि आइतबार एमालेका माधवकुमार नेपाल पक्षका सांसदहरुले हस्ताक्षर बुझाएका थिए ।

पार्टीभित्र आन्तरिक मतभेद् र विवाद चलिरहदा नै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाल पक्षका नेताहरुलाई स्पष्टीकरण समेत मागेको थियो ।आजको बैठकमा यी लगायत समसामयिक तथा राजनीतिक विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो
बैठकले पार्टी निर्णय विपरित विपक्षी गठबन्धनमा हस्ताक्षर गर्ने सांसदलाई कारबाही हुन सक्ने बताइएको छ । माधव नेपला लगायत २३ जनाका विषयमा बैठकमा छलफल हुने बताइएको छ ।