काठमाडौं, जेठ १० गते । प्रमुख प्रतिपक्षीदल नेपाली काँग्र्ेसका सभापति शेरबहादुर देउवालाई परमादेशमार्फत प्रधानमन्त्री नियुक्त गर्नुपर्ने र प्रतिनिधिसभा पुनस्र्थापना गर्नुपर्ने माग गर्दै सत्तारुढ दल नेकपा (एमाले) बाट २३ जना पूर्व सांसदले रिटपत्रमा हस्ताक्षर गरेका छन् । उक्त रिट सर्वाेच्च अदालतमा दर्ता भएकाे छ ।

नेता माधवकुमार नेपाल पक्षका पूर्व सांसदहरुले हस्ताक्षर गरेका हुन् । डडेल्धुरा निवासी पूर्व सांसद निरादेवी जैरुकाअनुसार यसअघि २७ जना सांसद प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा उभिए पनि अहिले २३ जनाले हस्ताक्षर गर्नुभएको जानकारी दिनुभयो ।
यसअघि नेपाल पक्षमा रहनुभएका गोकर्ण विष्ट, योगेशकुमार भट्टराई, गणेशकुमार पहाडी, पवित्रा निरौला खरेलले रिटपत्रमा हस्ताक्षर गर्न मान्नुभएन । उहाँहरु मूल पार्टी एमालेमा फर्किने तयारी गर्नुभएको छ । एमाले स्थायी कमिटी बैठकले फर्कन चाहने नेताहरुलाई अन्तिम समयसम्म अवसर दिइने निर्णय गरेको छ ।
यसअघि शनिबार बसेको स्थायी कमिटी बैठकले ११ जना पूर्व सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोमबारसम्म स्पष्टीकरण पेश गर्ने समय दिइएको भएपनि सो पक्षका पूर्व सांसदले स्पष्टीकरण पेश नगर्ने बताएका छन् । पूर्व सांसद मेटमणी चौधरीले स्पष्टीकरण पेश नगर्ने निर्णय भएको जानकारी दिनुभयो ।
आज अपरान्ह बस्ने स्थायी कमिटी बैठकले थप कारवाहीको निर्णय गर्ने बताइएको छ । त्यस्तै, मूलघरमा फर्कने नेताहरुलाई उचित स्थान दिने विषयमा पनि छलफल हुने बताइएको छ । माधव पक्षबाट रिटपत्रमा हस्ताक्षर गर्ने पूर्व सांसदहरुमा १० झलनाथ खनाल, २० माधवकुमार नेपाल ३० विरोध खतिवडा ४० भीमबहादुर रावल ५० झपट रावल ६० विरोध खतिवडा ७० घनश्याम भुषाल ८० जीवनराम श्रेष्ठ ९० सोमप्रसाद पाण्डे १०० कृष्णलाल महर्जन ११० निरादेवी जैरु १२० सरला यादव १३० कल्याणी खड्का १४० लक्ष्मी चौधरी १५० रामकुमारी झाँक्री १६० कलिला खातुन १७० पुष्पाकुमारी कर्ण १८० यज्ञ सुनुवार १९० भवानीप्रसाद खापु∙ २०० मुकुन्द न्यौपाने २१० मेटमणी चौधरी २२० दीपकप्रसाद भट्ट २३० नारायण खतिवडा रहनुभएको छ ।