झुण्डिएको अबस्थामा फेला परे एउटै परिवारका तीन जना

बिजुवार (प्यूठान), जेठ ११ गते । प्यूठानमा एउटै परिवारका तीन जना एकै ठाउँमा झुण्डिएको अबस्थामा फेला परेका तीन जनाको अहिले शवलाई परीक्षणका लागि जिल्ला अस्पताल बिजुवार ल्याईएको छ ।प्यूठान नगरपालिका–२ चितिखोलाका एउटै परिवारका आमा, छोरा र छोरीको शब झुण्डिएको अबस्थामा मृत फेला परेका हुन ।

जिल्लाको स्वर्गद्वारी नगरपालिका–८ हदचौर माईत भएकि गाईत्री सुनार, अन्दाजी २ बर्षको छोरा सुजन, ५ बर्षको छोरी प्रकृती सहित तीन जना प्युठान नगरपालिका–१ चेरनेटा नजिक जंगलमा डोरीमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ। एकै स्थानमा एकैघरका तीन जना मृत भेटिएपछि यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रबक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,’ आत्मा हत्या हो या हत्या,अझै केही खुलेको छैन, हामी घटनाको छानविनमै छौँ ।’

अन्दाजी २६ बर्षकि गायत्री सुनार सोमबार साझ घरबाट माईत जान्छु भनी हिडेको ससुरा गिरबहादुर सुनारले वताउनु भयो । मृतकका श्रीमान प्रकाश सुनार रोजगारिको शिलशिलामा भारतमा रहेका छन । आमाले नै छोराछोरीलाई झुण्ड्याएर आफूले पनि झुण्डिएर आत्महत्या गरेको हुनसक्ने स्थानीयवासीको आशङ्का छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...