कास्कीका ९ सहित गण्डकीमा १९ संक्रमितको मृत्यु, अहिलेसम्मकै धेरै १५४९ नयाँ संक्रमित थपिए

पोखरा, जेठ ११ गते ।गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनीक गरेको पछिल्लो विवरण अनुसार गण्डकीका विभिन्न अस्पताल र होम आइसोलेसनमा गरी उपचाररत २० जनाको मृत्यु भएको हो ।

गण्डकी ११ जिल्ला मध्य सोमबार कास्कीका सबैभन्दा धेरै ९ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै स्यांजाका २ जना, पर्वतका १ जना, बाग्लुगका १ जना, तनहुँका २ जना, मुस्तागका १ जना,गोखराका १ जना, लमजुंगका १ जना र नवलपरासीका १ जनाको मृत्यु भएको छ ।


यस्तै गण्डकी प्रदेशमा एकैदिन अहिलेसम्मकै धेरै नयाँ संक्रमित थपिएका छन् । गण्डकीमा मंगलबार १५४९ नयाँ संक्रमित थपिएका छन् । यो संख्या गण्डकीमा अहिले सम्मकै धेरै हो । यसभन्दा अगाडी १४ भन्दा माथि पुगेको थिएन । थपिका मध्य महिला ६९४ र ८५५ जना पुरुष संक्रमित भएका छन् । सबैभन्दा धेरै कास्कीमा ४४० जना, तनहुँका ६२ जना, म्याग्दीका ५१ जना, बागलुंगमा २ जना, गोरखामा २२३ जना, लमजुगमा २३९ जना, स्यांजाका २४० जना, नवलपरासीमा १५६ जना, पर्वतमा ५९ जना र मुस्तांगमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...