
किशोर बराल
वडा सदस्य वडा नं. ७
नमस्कार, नेपालको संविधानमा उल्लेख गरे बमोजिम नेपाल एक संघीय गणतन्त्रात्मक मुलुक हुने र यसमा संघ, प्रदेश र स्थानीय गरी तीन तहका सरकारहरु रहने ब्यबस्था अनुरुप स्थानीय तहको सरकारमा रहेर कार्य प्रारम्भ गरेको आज ठिक चार बर्ष पूरा भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ७ को बासिन्दा भइ वडाबासीहरुको मतले स्थानीय निर्वाचन २०७४ मा वडा सदस्यको रुपमा निर्वाचित भए । स्थानीय हरुको इच्छा, आकांक्षा र चाहना अनुरुप स्थानीय तहमा देखा पर्ने समस्याहरु समाधान र समन्वयको लागि स्थानीय तहको ब्यबस्था गरेको हो । स्थानीय तह संचालन ऐन २०७४ ले यसलाई ब्याख्या गरेको छ ।
सोही बमोजिम रहेर आफ्नो काम प्रती मन, वचन र कर्मले पुर्णतः कर्तब्य निष्ठ रहि कार्य सम्पादन र समन्वय गर्दै चार बर्ष ब्यतित भएको छ, अब संबैधानिक ब्यबस्था बमोजिम, वडाबासीले हामीलाई प्रदान गरेको जिम्मेवारी बमोजिम हामिसङ एक बर्ष बाकी छ । हामसम्मका अबधिमा र आउँदा समयावधिमा पनि पुर्ण रुपमा कर्तव्यबोधका कार्यसम्पादन र समन्वयमा जुट्ने प्रण गर्दछु । कहीं कतै पार्टी, समाज र ब्यक्तिको भावना आत्मसम्मानमा आच आउने गरी काम गर्ने छैन । हुनत बिकास, न्याय, समन्वय आदि जोडिनासाथ विवाद र असन्तुष्टि सङै जोडिएर आउने कुरा हो ।
कहिँ कसैलाई चित्तबुझ्दो नहुन पनि सक्छ त्यो स्वभाविक कुरा हो तर जानाजान र एकपक्षीय रुपमा स्वार्थ वा दवाबमा कुनै पनि कार्य गरेको छैन र गर्ने पनि छैन ।वडामा काम गरेको प्रतिनिधिलाई पोखरा महानगरपालिका को दोस्रो नगरसभाबाट सर्बसम्मत रुपमा न्यायिक समितीको सदस्यको रुपमा जोडिने अबसर मिल्यो, यसले कानुनमा रहेका बिषयहरु अध्ययन गर्ने, प्रभाव हरुलाई हटायर आभावमा रहेका र पीडितहरुलाई न्याय संग जोड्ने कार्यमा महत्वपूर्ण भुमिका प्रदान गर्यो र स्थानीय प्रतिनिधिको साथमा एउटा कानुनको विद्यार्थीको रूपमा परिचित गरायो ।मैले बारम्बार उठाउदै आएको बिषयबस्तु राजनीति, सामाजिक कार्य सबै भोलियन्टरको रुपमा गरिने सामाजिक कार्य हुन, पेशा हैनन कामगर्दा सबैखाले स्वार्थहरुभन्दा माथी उठेर कार्य गर्नुपर्ने हुन्छ र जहाँ अफ्ट्यारो पर्छ त्यहाँ हामी आफुलाई राखेर हेरियो भने सबै समस्याको समाधान हामी पाउछौ । आगामी दिनहरुमा पनि यश कुरालाई मनन गरी सामाजिक कार्यलाई नै प्राथमिकतामा राखी लागि रहने छु । कुनै सार्वजनिक पदमा रहेमा वा नरहेमा पनि ।
सम्बन्धित खवर
टिप्पणिहरु