दलहरु चरम विवादमा, जसपामा एक अर्कालाई स्पष्टीकरण, ठाकुर पक्षलाई पार्टीबाटै निष्कासन गर्ने चेतावनी

काठमाडौं, जेठ १५ गते । नेपालको राजनीतिक तरल बन्दा पार्टीहरुमा विवाद बढेको छ । नेकपा एमाले फुटको संघारमा पुगेको छ ।एमाले अध्यक्ष केपी शर्मा ओली माधव नेपाल झलनाथ समुहवीचको विवादका कारण एमाले लगभग फुटमा पुगेको छ । त्यस्तै विवादको भुमरीमा जनता समाजबादी पार्टी (जसपा) परेको छ ।

पुस ५ मा एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले संसद विघठन गरेपछि नेपाली राजनीतिमा तरंग उत्पन्न भएको हो । तत्कालीन नेकपामा देखिएको विवादले संसद विघठन भएपछि दलहरु दुई धारमा विभाजित भएपछि नेपालको राजनीतिमा अस्थितर निम्तेको छ ।पछिल्लो समय जसपामा दुईधार देखिपछि विवाद उत्पन्न भएको छ । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले महन्थ ठाकुर पक्षलाई पार्टीबाटै निष्कासन गर्नेसम्मको चेतावनी दिएको छ ।

पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिएको भन्दै ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई दोस्रोपटक स्पष्टीकरण सोधेको हो।दोस्रो पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र चित्त बुझ्दो स्पष्टीकरण बुझाउन भनिएको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीद्वारा हस्ताक्षरित पत्रमा जवाफ नदिए पार्टीबाट निष्कासनको कारवाही गर्ने चेतावनी दिइएको छ ।यसअघि उपेन्द्र यादवलाई ठाकुरले तीन दिने स्पष्टीकरणको पत्र बुझाएका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...