अर्थमन्त्री विष्णु पौडलद्धारा बजेट प्रस्तुत,विकास निर्माणमा सफलता

काठमाडौँ, जेठ १५ गते । सरकारले कोरोना ९कोभिड–१९० सङ्क्रमण नियन्त्रण र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर अहिले आगामी आर्थिक वर्ष २०७८र७९ को वार्षिक अनुमानित आय–व्यय विवरण (बजेट सार्वजनिक गरेको छ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ मै बजेट सार्वजनिक गर्नुपर्ने भएकाले सोहीअनुसार अर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्रालयबाट बजेट सार्वजनिक गर्नुभएको छ । विकासको ढोका खुलेको छ । विकास निर्माण र सामाजिक न्यायको क्षेत्रमा उल्लेख्य सफलता प्राप्त भएको छ ।


प्रतिनिधि सभा भङ्ग रहेको अहिलेको अवस्थामा अध्यादेशमार्फत बजेट ल्याइँदैछ । कोरोना सङ्क्रमणको दोस्रो लहरबाट आक्रान्त भएको अहिलेको अवस्थामा सङ्क्रमण नियन्त्रण, खोप कार्यक्रम, स्वास्थ्य पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखी अर्थ मन्त्रालयले बजेट तयार गरेको जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...