पोखरा, जेठ १७ गते ।नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले गण्डकी प्रदेशको इन्चार्ज, सहइन्चार्ज, संयोजक र सह संयोजक चयन गरेको छ । युवा संघको सोमबार बसेको सचिवालयको भर्चुअल बैठकले प्रदेश कमिटीको ईन्चार्जमा सन्तोष रावल, सह ईन्चार्जमा गोबिन्द बस्नेत, संयोजकमा महेन्द्र गुरुङ र सहसंयोजकमा विष्णु पुन र खिल रानालाई चयन गरको छ ।
त्यस्तै बैठकले आजै अध्यक्षमा किरण पौडेललाई चयन गरेको थियो ।नेकपा विभाजनपछि अध्यक्ष भएका वचनबहादुर सिंह आइतबारदेखि ४१ वर्ष उमेर पुगेकाले उहाँकै प्रस्तावमा पौडेललाई अध्यक्ष बनाइएको हो ।
पौडेल यसअघि युवा संघको सहअध्यक्ष हुनुहुन्थ्यो ।युवा संघको बैठकलाई एमाले अध्यक्ष केपी शर्मा ओली, युवा संघ इन्चार्ज महेश बस्नेत लगायतले सम्बोधन गर्नुभएको थियो ।