पोखरा, जेठ १७ गते । गण्डकी प्रदेश सभा सदस्य राजीब पाहारिले कोरोना भाइरस संक्रमण नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिकालाई स्वास्थ सामाग्री हस्तान्तरण गर्नुभएको हो । उहाँले सोमबार नेकपा एमाले अन्नपूर्ण गाउँपालिकाका सचिब बिबेक देबका्टालाई र नेता सुरेन्द्र गुरुङलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

पहारीले आफ्नो निजि खर्चमा अन्नपूर्ण गाउँपालिकाका ११ वटै वडामा कोरोना नियन्त्रणमा सहयोग पुरयाउने उद्देश्यले सहयोग गरेको बताउनुभयो । पछिल्लो समय कोरोना भाइरस संक्रमणको दोश्रो लहर गाँउगाँउमा फैलिएको छ । त्यसको रोकथाम र नियन्त्रणका लागि नेकपा एमालले गाँउपालिका कमिटिहरु संक्रिय भएका छन । पहारीले ५५ सय सर्जिकल मास्क, ५ सय साबुन, २४ बोटल स्यानिटाइजर, ११ फेसशिल्ड र १० थान पिपिइ सहयोग गरेको उहाँका स्वकिय सचिब साजन सुबेदिले जानकारी दिनुभयो ।
सामाग्री हस्तान्तरण गर्दै सांसद पहारीले बढ्दो कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा सरकार, राजनीतिक पार्टी जनप्रतिनिधि,समाजका विभिन्न तह र तप्काका ब्यत्तिहरु सबैको साझा पहलबाट सफल हुने भएकाले सवैले आआफनो तर्फबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।