गण्डकी सरकारको प्राथमिकतामा खोप,होम आइशोलेसनमा मेडिकल सेवा

पोखरा, जेठ १८ गते ।गण्डकी प्रदेश सरकारले कोरोना भाइरस संक्रमणलाई प्राथमिकतामा राखेर बजेट ल्याउने भएको छ । गण्डकी प्रदेश सभामा बजेटका सिद्धान्त र प्राथमिकता राख्दै गण्डकी प्रदेशका आर्थिक मार्मिलामन्त्री किरण गुरुगुरुङले आगामी आर्थिक वर्षको बजेट, कोभिड(१९) को विश्‍वव्यापी महामारीको कारण सृजित चुनौतीको सामना गर्दै जनजीवनलाई सामान्यकृत बनाउन र वर्तमान सरकारले अगाडि बढाएको विकास, सुशासन र समृद्धिको मार्गमा देखा परेका असरलाई निराकरण गर्दै प्रादेशिक अर्थतन्त्रलाई गतिशील तुल्याउन केन्द्रित गरिने बताउनुभयो ।

महामारीको दोस्रो लहरबाट हुन सक्ने क्षति र असरलाई कम गर्न यसको रोकथाम, नियन्त्रण र औषधी(उपचार तथा सबै नागरिकहरूलाई खोप उपलब्ध गराउने सम्बन्धी व्यवस्थालाई पहिलो प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम ल्याइने उल्लेख गर्नुभयो । संघ, प्रदेश र स्थानीय तहका बीचमा आपसी समन्वय र सहकार्यलाई सुदृढ गरिने समेत बताउनुभयभो ।

कोरोना महामारीबाट प्रभावित भएको अर्थतन्त्रलाई गतिशील र चलायमान बनाई पुनः पहिलेकै अवस्थामा फर्काउन सार्वजनिक खर्चलाई व्यवस्थित गर्दै आर्थिक, भौतिक तथा सामाजिक पूर्वाधार विकासका क्षेत्रमा स्रोत र साधनलाई केन्द्रित गरिने भएको छ ।

आगामी आर्थिक वर्ष २०७८र७९ लाई गण्डकी प्रदेश सरकारले गरेका समग्र कामहरूको प्रगति समिक्षा वर्षको रुपमा अगाडि बढाइनेछ। पूर्वाधार विकास, उत्पादनमुखि र गरिबी निवारणका कार्यक्रमहरूलाई बजेटमा जोड दिइने उल्लेख गर्नुभयो । विश्वव्यापी संकटका रुपमा देखा परेको कोरोना महामारीबाट नागरिकको जीवन रक्षा, पर्याप्‍त औषधी(उपचारको व्यवस्था तथा प्रभावित आर्थिक,सामाजिक क्षेत्रलाई गतिशील बनाउन पुर्नजीवन कोषलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने र कोभिड(१९) महामारीको तेस्रो लहर तथा भविष्यमा आउन सक्ने अन्य यस्तै विपद्का लागि पूर्वतयारी र व्यवस्थापनलाई विशेष प्राथमिकता दिने उहाँले बताउनुभयो । कोभिड(१९) लगायत अन्य महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि स्वास्थ्य प्रणालीलाई सवल एवं सुदृढ बनाइने भएको छ ।

 

आधारभूत स्वास्थ्य सेवामा सबैको सरल र सहज पहुँच सुनिश्‍चित गर्दै गुणस्तर अभिवृद्धि गर्न आवश्यक बजेट व्यवस्था गरिने अर्थमन्त्रीले बताउनुभयो । त्यस्तै प्रदेश सरकारले होम आइशोलेसनहरूमा पनि आवश्यक मेडिकल सेवाहरू उपलब्ध गराउने व्यवस्था नयाँ बजेटमा गर्ने भएको छ । प्रदेशका सबै नागरिकको लागि कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउन नेपाल सरकारसँग समन्वय गरी प्रबन्ध गर्ने दावी गरिएको छ । कोभिड अस्पतालहरूमा पर्याप्त अक्सिजनको व्यवस्था गरिनेका लागि बजेटमा व्यवस्था गरिने अर्थमन्त्री गुरुङले बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...