हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङको निधन

पोखरा, जेठ १८ गते । हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङको निधन भएको छ ।

उहाँमा मुटुको समस्या रहेको थियो । तीन साता अघि उहाँमा कोरोना भाइरस सक्रमण भएपनि संक्रमणबाट मुक्त हुनुभएको थियो । उहाँको सोमबार राति फिस्टेल अस्पतालमा मुटुको उपचारका क्रममा निधन भएको हो ।

मेनकाजीकी पत्नी मीना गुरुङको कोरोना संक्रमणकै कारण वैशाख ३० मा निधन भएको थियो । मेनकाजीका १ छोरा र १ छोरी छन । उहाँ पोखरामा रहेर यहाँको संस्कृति संरक्षणमा महत्वपूर्ण भुमिका खेल्दै आउनु भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...