पोखरामा खाद्य बैंक,‘हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं’

पोखरा । लायन्स क्लव अफ पोखरा अभियानले खाद्य बैंक सञ्चालनमा ल्याएको छ । एक महिननादेखि कोरोनाभाइरस कोभिड–१९ को चेन ब्रेककालागिभन्दै प्रशासनले लगाएको निषेधाज्ञाका कारण मारमा परेकावर्गहरुलाई लक्षितगर्दै खाद्य बैंक सञ्चालनमा ल्याएको क्लवका अध्यक्षविनोद ढुंगनाले जानकारी दिए ।


पोखराको चिप्लेढुंगाबाट शुरु गरिएको यो अभियानलाई अन्य क्लव तथा संघसंस्थाहरुसंग सहकार्य गर्दै पोखराका विभिन्न चोकहरुमा स ञ्चालन गरिने ढुंगनाले बताए । उनले भने, ‘कोभिड–१९ ले विश्वलाई चुनौती दिइरहेको परिस्थितिमा कोरोनाको चेन ब्रेकका लागि भन्दै जारी गरिएको निषेधज्ञाका कारण अलपत्र बटुवा, खाद्य अभावले अप्ठ्यारो अवस्थामा परेका परिवारलाई लक्षित गरि यो अभियान शुरु गरेकाहौं ।’ बैंकमाहाल दैनिक भान्सामा प्रयोग गरिने दाल, चामल, तेल, नुन लगायतका खाद्य सामाग्री राखिएको छ ।

‘हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं’भन्ने नारासहित शुरु गरिएको अभियानको पहिलो दिन ११७ जनाले सेवालिएको कार्यक्रम संयोजक मातृका पोखरेलले जानकारी दिए । हरेकदिन बिहान ६ बजेबाट ९ बजेसम्म सञ्चालन हुने अभियानमा विभिन्न क्षेत्रबाट सहयोग आउने क्रमपनि शुरु भएको उनले बताए ।

क्लवका सदस्यहरुबाट संकलन भएको एक लाख २० हजारबाट शुरु गरिएको अभियानमा बिगबजार शेल्स स्टोर चिप्लेढुंगाका सञ्चालक रतनबहादुर कार्कीले ५ हजार बराबरका सामाग्री सहयोग गरेका छन् । यस्तै नवलपुरको गैंडाकोटका पुष्पराज सापकोटाले ९० हजार बराबरको ५० बोरा चामल सहयोग प्राप्तभएको कार्यक्रमका सह–संयोजक श्यामकृष्ण रेग्मीले जानकारी दिए ।

कोरोनाभाइरस महामारीका समयमा निषेधाज्ञाका कारण आफ्नो काममा फर्कन नपाई अप्ठ्यारो अवस्थामा परेका जो कोहीले पनि अभियानबाट सेवालिन सक्ने क्लवका चिफपीआरओ बलराम शर्माले बताए । उनले विषम परिस्थितीमा नागरिकलाई परेको असजिलो अवस्थामा सानै भएपनि सहयोग पुग्ने हिसावले अभियानको थालनी गरिएको हुँदायसमा सबैबाट सकरात्मक सहयोगकालागि अपेक्षा राखिएको पनि बताए । सरकारद्धारा जारी गरिएका सबै स्वास्थ्य मापदण्डको पालनागर्दै थालिएको खाद्य बैंक अभियानमाजोडिनका लागिक्लवले आह्वान समेत गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...