एमाले स्थायी कमिटी बैठक स्थगित, भोलि बस्ने

काठमाडौं, जेठ १९ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आज अपरान्ह ४ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । बैठक भोली विहिबार अपरान्ह ४ बजेका लागि सारिएको स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले जानकारी दिनुभयो ।

नेता माधवकुमार नेपाल पक्षका केही नेताहरुसँगको आन्तरिक परामर्श र छलफल जारी रहेको तथा बैठकको अन्य एजेण्डाबारेमा आन्तरिक गृहकार्य पूरा हुन नसकेपछि भोलीका लागि बैठक सारिएको नेता विश्वकर्माले  जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भोली सोही समयमा बैठक बस्ने जानकारी दिनुहुँदै नेता विश्वकर्माले भन्नुभयो, “आज तय गरिएको बैठकको गृहकार्य नपुगेपछि भोलीका लागि सारिएको छ, यस बीचमा थप गृहकार्य र छलफलहरु हुनेछन् ।”

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...