पोखरा, जेठ १९ गते । पोखरा चेम्बर अफ कमर्स कास्की र कास्की पोखरा समाज जापानले बुधबार पोखरा महानगरपालिकालाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ । चेम्बरको तर्फबाट १० र समाजको तर्फबाट २० गरी ३० थान सिलिण्डर प्रदान गरिएको हो ।
चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनार र कास्की पोखरा जापानका महिला उपाध्यक्ष अन्जु भण्डारीले महानगर प्रमुख मानबहादुर जिसीलाई सिलिण्डर हस्तान्तरण गर्नुभयो । प्रमुख जिसीले अक्सिजन सिलिण्डरले कोभिडका बिरामीलाई उपचारमा सहयोग पुग्ने बताउनुभयो । उहाँले महानगरले वडा नम्बर २७ को वडा कार्यालय साविक लेखनाथ नगरपालिकाको भवनमा कोभिड अस्पताल सञ्चालन गरेको जानकारी दिनुभयो । महागनर १ सय बेडको अस्पताल निर्माण गरेको छ । अस्पतालमा २ करोड रुपैयाँ खर्च गरिएको छ ।
चेम्बरको एक व्यवसायी एक अक्सिजन सिलिन्डर अभियान समेत बुधबार समापन भएको छ । सिलिण्डर तथा आर्थिक संकलन अभियानमा अध्यक्ष किसान सुनार, वरिष्ठ उपाध्यक्ष गिता तिवारी गौतम,उपाध्यक्ष प्रेम भुजेल,प्रेम सुवेदी, टिका गुरुङ, जीवन तिवारी, डिल्ली पाण्डेले सुरु गर्नुभएको थियो ।
संस्थाले कोरोना महामारीका कारण अक्सिजन सिलिन्डर अभाबका कारण पिडितहरुले अकालमा ज्यान गुमाउनु परेको अबस्थालाई मध्यनजर गरि अभियान शुरु गरेको हो । पोखरा चेम्वर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारले अभियान अन्तर्गत कास्की पोखरा समाज जापानको सहयोगमा पोखरा चेम्वरको समन्वयमा सात लाख रुपैया बराबरको ५० वटा सिलिन्डर उपलब्ध गराइसकेको छ ।