पोखरा, जेठ २१ गते । गण्डकी प्रदेशमा शुक्रबार १० जना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमित १० जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जारी गरेको विवरणमा उल्लेख गरिएको छ । मृत्यु भएका मध्य कास्कीका ४ जना, तनहुँका २ जना, म्याग्दीका २ जना, बाग्लुगका १ जना र नवपरासीका १ जनाको मृत्यु भएको छ ।
गण्डकीमा अहिलेसम्म ७२३ जनाको मृत्यु भएको छ ।गण्डकीमा शुक्रबार ६८० नयाँ संक्रमित थपिएका छन भने ९४६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
२४ घण्टामा १५५४ जनाको परीक्षण गरिएको थियो भने ८७४ को नेगेटिभ आएको थियो । गण्डकीमा अहिलेसम्म २०१९९२ जनाको परीक्षण गरिएकोमा ४५४२१ जना संक्रमित भएका छन् । संक्रमित मध्य ३५२५० जनाले कोरोनालाई जितेका छन् । गण्डकीमा हाल ९४३८ संक्रिय संक्रमित रहेका छन् भने होम आइसोलेसनमा ८८६३ जना रहेका छन् ।