विश्व वातावरण दिवसको अवसरमा पोखरा–८ मा बृक्षारोपण

पोखरा, जेठ २२ गते ।विश्व वातावरण दिवसको अवसरमा बृक्षारोपण तथा गोडमेल कार्यक्रम सम्पन्न भएको छ । पोखरा लेडिज जेसिज र पोखरा महागनरपालिका वडा नम्वर ८ को संयूक्त आयेजनामा बृक्षारोपण तथा गोडमेल कार्यक्रम गरिएको हो ।पोखराको सृजनाचोक, सभागृहचोक, न्यूरोडको सडक किनारामा २५ वटा फलफुलका विरुवा रोपिएको हो ।वडा अध्यक्ष  रुद्रनाथ बरालले आपको विरुवा रोपेर बृक्षारोपणको सुरुवात गर्नुभएको थियो ।

सडकको दायाँबायँ हरियाली बनाउन विरुवा रोपिएको र भैरहेका विरुवाहरु गोडमेल गरिएको पोखरा लेडिज जेसिजका अध्यक्ष जेसी कमला शर्मा(विनितिा)ले जानकारी दिनुभयो । सडक किनारामा आँपका, एभोकाडो लगायतका विरुवा रोपिएको हो । वातावरण दिवसकै अवसरमा जेसिजले आआफनो घरमा विरुवा रोप्ने कार्यक्रम समेत गरेको छ । एक ब्यक्ति एक विरुवा रोप्ने कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक कविता सापकोटाले जानकारी दिनुभयो । कोरोना भाइरसको विश्वब्यापी महामारीमा अक्सिजनको कमि रहेको अवस्थामा सामाजिक दूरी कायम गरी एसडीजी नं.१३ अन्र्तगत क्लाइमेट एक्सनमा रही कार्यक्रम सम्पन्न गरिएको पोखरा लेडिज जेसिजले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...