गण्डकीमा १५ को मृत्यु, ५६६ नयाँ थपिए, ५२३ कोरोनामुक्त

पोखरा, जेठ २२ गते ।गण्डकी प्रदेशमा शनिबार १५ जना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमित १५ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको विवरणमा उल्लेख गरिएको छ ।

मृत्यु भएका मध्य कास्कीका ७ जना, तनहुँका १ जना, म्याग्दीका १ जना, बाग्लुगका १ जना र पर्वतका १ जना, गोरखाका १ जना लमजुंगका ३ जना संक्रमितको मृत्यु भएको छ । गण्डकीमा अहिलेसम्म ७४८ जनाको मृत्यु भएको छ ।गण्डकीमा शनिबार ५६६ नयाँ संक्रमित थपिएका छन भने ५२३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

२४ घण्टामा १५० जनाको स्वाब परीक्षण गरिएको थियो भने १०२४ को नेगेटिभ आएको थियो । गण्डकीमा अहिलेसम्म २०३५८२ जनाको परीक्षण गरिएकोमा ४५९८७ जना संक्रमित भएका छन् । संक्रमित मध्य ३५७७३ जनाले कोरोनालाई जितेका छन् । गण्डकीमा हाल ९४६६ संक्रिय संक्रमित रहेका छन् भने होम आइसोलेसनमा ८००५ जना रहेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...