पोखरा, जेठ २२ गते ।आउँदो आसारको पहिलो हप्ताभित्र आशींक प्राध्यापकका मागलाई समाधानगर्न नसके क्याम्पस प्रमुखले राजिनामा दिने बताएका छन् । समान कामको समान ज्याला माग्दै विगत १६ वर्ष देखि आन्दोलनमा उत्रिएका आशींक प्राध्यापक, क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुखहरु र क्याम्पस वार्ता कमिटी विच भएको जुम मिटिङ्गमा समस्या समाधान गर्न नसक्ने भए राजीनामा दिनुपर्ने भन्दै छलफल भएपछि समाधान गर्न नसके राजीनामा गर्ने जानकारी दिएका हुन् ।

वैठकमा आशींक प्राध्यापकहरुले पुर्व सहमती अनुसारको माग पुरा नभएसम्म अनलाइन तथा भौतिक उपस्थितिमा समेत अध्यापन कार्य सुचारु नगर्ने जानकारी दिएका छन् । आशिकको आन्दोलनका कारण अहिले पृथ्वीनारायण क्याम्पसमा १४ हजार विद्यार्थीको नियमित पठनपाठन ठप्प छ ।
विद्यार्थीको पठनपाठन रोकिएपछि वसेको जुम वैठकमा आशिक प्राध्यापक संघका अध्यक्ष सुनिल गौतमका अनुसार वैठकको सुरुमै समाधान गर्न नसक्ने भए क्याम्पस प्रमुखले राजीनामा दिनुपर्ने धारणा राखेपछि वार्ता टोलिका संयोजक सहायक क्याम्पस प्रमुख यादवराज उपाध्यायले आशीक प्राध्यापकहरुको माग जायज भएकाले तोएिको समयसिमाभित्र समाधान हुने आश्वासनपनि दिए ।उनले भने–“आशींकका साथीहरु मर्कामा हुनुहुन्छ त्यसैले हामी यो विषयमा सचेत छौं । आशा गरौ समस्या अव लामो समय जादैन ।”
छलफलमा क्याम्पस प्रमुख प्रा डा सरोज कोईरालाले आशींकको समस्या ठ्लो भएकाले यसलाई समाधान नगरेमा आफुँपदमा नवस्ने धारणा राखे । उनले भने–“मैले अवको समयसिमाभित्र समाधान गर्न नसक्ने अवस्था आएमा पदमा रहदिन र मार्ग प्रसस्त गरिदिन्छु ।” आशींकको मागलाई पटक पटक केन्द्रमा लगे पनि केन्द्रले नसुनेको पनि उनको भनाई छ ।
आशींक प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पसका अध्यक्ष गौतमले समस्या समाधान नभएसम्म पठनपाठन नगराउने र समाधान गर्न नसक्ने प्रशासनले तत्काल राजीनामादिनु पर्ने धारणा राखेका थिए । उनले भने –“पटक पटक समस्यालाई झन् वल्झाउने काम गरेकाले कामगर्न नसक्ने प्रमुखले राजीनामा दिएर मार्ग प्रसस्त गर्नु पर्छ, सक्ने आउँछ ।” वैठकमा समस्या समाधान नभएसम्म क्याम्पसका २२० जना आशिंकले कक्षा संचालन नगर्ने अडान कायमै राखे ।
आशिंक प्राध्यापककै कक्षाको भरमा पृथ्वी नारायण क्याम्पसले शैक्षिक गुणस्तर तथा प्रात्यान प्रमाणपत्र तथा उत्कृष्ठ क्याम्पसको उपाधि प्राप्तगरेको दावी आशिंक प्राध्यापकले गरका छन् ।आंशिक प्राध्यापकहरुको योगदान तथा संविधानप्रदत“समान कामको समान ज्याला”मौलिकहकलाई अवमूल्यन गरेको भन्दै आन्दोलनमा उत्रिएको थियो । उनिहरुले विश्वविद्यालयको भविष्य सिध्याउने, विगत ३ वर्ष देखि पढाएको पारिश्रमिक नदिने, पटक पटक धोखा र छलछामको भुलभुलैयावाट समस्यालाई बल्झाउने रणनीति लिएको समेत आरोप लगाएका छन् ।
२०७६ फागुन २१ गते भित्रत्रि.वि. शिक्षण सहायक (करार) सरहको सेवा,शर्त, सुविधा सहितको मासिक वेतन प्रदान गर्ने सहमति भएता पनि उक्त सहमति कार्यान्वयन नगरी कोभिडको महामारी वीच अतिरिक्त कक्षा व्यवस्थापन निर्देशिका मार्फत शिफ्ट मर्ज गरी विद्यार्थीहरुले पढ्न पाउनुपर्ने अधिकार वञ्चित गर्दै आतङ्क फैलाउने कार्य गरेको आशिंक प्राध्यापकको आरोप छ ।