पोखरा, जेठ २६ गते । गण्डकी प्रदेशमा बुधबार १० जना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमित १० जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको विवरणमा उल्लेख गरिएको छ ।
मृत्यु भएका मध्य कास्कीका २ जना, नवलपरासीका ३ जना, तनहुँका २ जना, पर्वतका १ जना, म्याग्दी २ जना संक्रमितको मृत्यु भएको छ । गण्डकीमा बुधबार ६६३ नयाँ संक्रमित थपिएका छन । ३३२ पुरुष र ३३१ नयाँ थपिएका हुन । थपिएका मध्य कास्कीका ९१, नवपरासीका १५०, स्यांजाका ५१, बाग्लुंगका ६०, तनहुँ ६९, लम्जुलंगका ८९, गोरखा ८६, पर्वत ३९, म्याग्दीका १७ जना र मुस्तांगका ११ मा संक्रमण पुष्टि भएको छ ।
गण्डकीमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सवैभदा धेरै १७३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । एकेैदिन संक्रमणमुक्त हुनेको संख्या अहिलेसम्मकै धेरै हो । २४ घण्टामा २१४४ जनाको स्वाब परीक्षण गरिएको थियो भने १४८१ जनाको नेगेटिभ आएको थियो । गण्डकीमा सक्रिय संक्रमितको संख्या ६८२० रहेको छ । होमआइसोलेसनमा रहेकाको संख्या ६३०१ रहेको छ । कोरोनाबाट गण्डकीमा अहिलेसम्म ७९९ जनाको मृत्यु भएको छ ।