पोखरा,जेठ २८ गते । पोखरा उद्योग वाणिज्य संघले संक्रामकतथा सरुवा रोग अस्पतालतथामातृशिशु अस्पताललाई स्वास्थ्य सामग्री सहयो गरेको छ । कोभिड–१९ को दोस्रो लहरबाटनागरिकलाई जोगाउने अभियानमालागेका अस्पतालहरुमा स्वास्थ्य सामग्रीको अभावनहोस् भन्ने उदेश्यले करिब २ लाख बराबरका स्वास्थ्य सामग्रीहस्तान्तरण गरिएको संघकाअध्यक्ष नारायण कोइरालाले बताए ।
बिहीबार आयोजित समारोहमामातृशिशु अस्पताललाई पीपीई, मास्क,पञ्जा, स्यानिटाइजर,फेससिल्डसहित १ लाख बराबरका सामग्रीहस्तान्तरण गरिएको उनले बताए । सो अवसरमा अध्यक्षसहितनेपालउद्योग वाणिज्यमहासंघका केन्द्रीय सदस्यतथा संघकानिवर्तमानअध्यक्ष दामु अधिकारी,महासचिव सुरेन्द्रमानविजुक्छे, कोषाध्यक्षतथा संघमागठितपोउवा संघ कोभिडभाइरस राहत संकलनउपसमितिसंयोजक बलरामआचार्य,उपमहासचिव केशवबहादुर खत्री, कार्यसमिति सदस्यतथा स्वास्थ्यउपसमिति संयोजक भरत केसी, कार्यसमिति सदस्यपवित्रा गुरुङतथाकार्यकारी निर्देशकटोपबहादुर थापाको उपस्थिति रहेको थियो ।
मातृशिशु मितेरी अस्पतालले बिहीबारबाटै २० बेडको कोभिड बिरामीहरुको उपचार थालेको छ । अस्पतालले हाल २० बेडमा कोभिडका बिरामीको उपचार थालेको छ । मातृशिशु अस्पतालले कोभिडवार्डमा महिलातथाबालबालिकालाई प्राथमिकतादिएपनिअन्य संक्रमितको पनिउपचार गरिने गण्डकीका सभासदतथाअस्पतालका परिकल्पनाकार कृष्णथापाले बताए ।
अस्पतालकानिमित्त मेडिकल सुपरिटेण्डेण्ट पुष्कर पौडेलले कोभिडका बिरामीहरुलाई निःशुल्कपोषणयुक्तखानाको व्यवस्था गरिएको जानकारी दिए । कार्यक्रममाअस्पतालव्यवस्थापन समितिकाकार्यवाहकअध्यक्षपुष्पराजतिमिल्सिना र जिल्ला समन्वय समितिकाअध्यक्ष वैनबहादुर क्षेत्रीले पनिमन्तव्य राखेका थिए ।
यता संघकाअध्यक्ष कोइरालासहितको प्रतिनिधिमण्डलले बिहीबार नै लेखनाथमा रहेको संक्रामकतथा सरुवा रोग अस्पताललाई पनि स्वास्थ्य सामग्रीहस्तान्तरणग¥यो । सो अवसरमा बोल्दै संघकाअध्यक्ष नारायण कोइरालाले संकटको यो घडीमानागरिकको जीवन रक्षाको लागिखटिएका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सामग्रीको अभाव खेप्न नपरोस् भन्ने हेतुले सहयोग गरिएको बताए । सहयोग सामग्री स्वीकार्दै अस्पतालकानिर्देशकविकास गौचनले पछिल्लादिनमाअस्पतालमा केही स्वास्थ्य सामग्रीको अभावभएको जानकारी दिँदै संघको सहयोग सह्रानीयभएको बताए ।
महासचिव सुरेन्द्रमानबिजुक्छेका अनुसार जिल्लाट्राफिकप्रहरी कार्यालयलाई पनि संघले स्वास्थ्य सामग्रीहस्तान्तरणगर्दैछ । संघले कोभिडबाट समस्यामा परेकाहरुलाई सहयोग पु¥याउने उदेश्यले कोषाध्यक्ष बलरामआचार्यको संयोजकत्वमापोउवा संघ कोभिडभाइरस राहत संकलनउपसमितिगठन गरेको छ ।संघको अभियानलाई यहाँकाबस्तुगत संघहरुले पनि सहयोग गरेका छन् ।यसअघिपनि संघले संकटमा परेका परिवारहरुलाई खाद्य सामग्रीबितरण गरेको थियो ।