पोखरा, जेठ २७ गते । गण्डकी प्रदेशमा शुक्रबार ६ जना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमित ६ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको विवरणमा उल्लेख गरिएको छ । गण्डकीमा शुक्रबार ३७६ नयाँ संक्रमित थपिएका छन । थपिएका मध्य कास्कीका १११, नवपरासीका ७७, स्यांजाका ५, बाग्लुंगका ११, तनहुँ ३७, लम्जुलंगका ३२, गोरखा २७, पर्वत ४४, म्याग्दीका ३१ जनामा संक्रमण पुष्टि भएको छ ।

गण्डकीमा पछिल्लो २४ घण्टामा ३७६ जना कोरोना संक्रमणमुक्त भएका छन् । २४ घण्टामा १४०२ जनाको स्वाब परीक्षण गरिएको थियो भने १०२६ जनाको नेगेटिभ आएको थियो । गण्डकीमा सक्रिय संक्रमितको संख्या ६२८३ रहेको छ । होमआइसोलेसनमा रहेकाको संख्या ५७९२ रहेको छ । कोरोनाबाट गण्डकीमा अहिलेसम्म ८२३ जनाको मृत्यु भएको छ ।