पोखरा, जेठ २९ गते । मुख्यमन्त्रीमा नियूक्तीको माग गदै विपक्ष गठबन्धनका सांसदहरु प्रदेश प्रमुखको निवास अगाडी धर्नामा बसेका छन् । गण्डकी प्रदेश प्रमुख सीताकमारी पौडेलको निवास प्रवेशद्धार अगाडीको सडकमा धर्ना बसेका छन् ।
काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेल नेपालीलाई मुख्यमन्त्री नियूक्ती गर्न माग गदै उनीहरुका धर्नामा बसेका हुन् ।
धर्नामा नेपाली काँग्रेस, माओबादी केन्द्र, जनता समाजबादी पार्टी, जनमोर्चा र स्वतन्त्र सांसद दीपक मनांगे धर्नामा बसेका छन् । मुख्यमन्त्रीमा प्रस्ताव गरिएका काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेल नेपालीले पार्टीले कारबाही गरेका ब्यक्तिलाई आधार मानेर आफुसंग बहुमत छ भन्नु किर्ते भएको बताए । उनले आफुसंग ३१ जना सांसद उपस्थित रहेको बताउदै मुख्यमन्त्री नियूक्ती गर्नुपर्ने माग गरेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुंगले जनमोर्चा र जसपाको समर्थन रहेको भन्दै सरकार गठनका लागि दिएको समयसिमाको अन्तिम समयमा मुख्यमन्त्रीमा दावी प्रस्तुत गरेका थिए । उनको दावीसंगै विपक्षी गठबन्धन प्रदेश प्रमुख कार्यालय पुगेका थिए । विपक्षी सांसदहरुलाई प्रदेश प्रमुखको कार्यालयभित्र प्रवेश गर्न दिएपछि मुख्य गेटमा धर्ना बसेका छन् ।