गण्डकीमा १२ को मृत्यु, ३४३ नयाँ संक्रमित थपिए, ८४२ संक्रमणमुक्त

पोखरा, जेठ ३१ गते ।गण्डकी प्रदेशमा सोमबार १२ जनाको मृत्यु भएको छ भने थप ३४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा ११७३ जनाको परीक्षण गर्दा ३४३ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय, गण्डकीले जनाएको छ ।

थपिनेमा सबैभन्दा बढी बागलुङका १२० जना छन् । यस्तै कास्कीका ५८, नवलपुरका ५१ जना, पर्वतका ३८ जनामा कोरोना देखिएको छ । बागलुङमा ३५, गोरखामा ३०, म्याग्दी र तनहुँमा ५÷५ र स्याङ्जामा १ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ८४२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ५० हजार ६४७ पुगेको छ । तीमध्ये ५३३६ जना सक्रिय संक्रमित छन ।प्रदेशमा थप १२ जना संक्रमितको मृत्यु भएको छ । नवलपुरका ३, मुस्ताङ, पर्वत र लमजुङका २÷२ संक्रमितको ज्यान गएको छ । म्याग्दी, कास्की र तनहुँका १÷१ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८५० पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...