सातै प्रदेशमा आज बजेट, गण्डकीमा नयाँ छैन्, पुरानैलाई निरन्तरता

सातै प्रदेशले आज आगामी आर्थिक वर्ष २०७८र८९ को बजेट ल्याउँदै छन् । नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा छलफल भई पारितसमेत भइसकेका छन् । संवैधानिक प्रावधान अनुसार असार १ गते प्रदेशले बजेट ल्याउनैपर्ने प्रावधान छ । सोही प्रावधानलाई पालना गदै सातै प्रदेशले आज बजेट प्रदेश सभामा पेश गर्ने छन् ।


सबै प्रदेशको नीति तथा कार्यक्रममा कोरोना (कोभिड–१९) महामारी नियन्त्रण, सङ्क्रमितको उपचारलगायत स्वास्थ्य पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर बजेट सार्वजनीक गर्ने छन् । सबै प्रदेशको प्राथमिकता कोरोना नियन्त्रण केन्द्रीत हुने छ । केन्द्रले प्रदेशलाई समानीकरणमा ५७ अर्ब ९५ करोड ४८ लाख, ससर्तमा ३५ अर्ब ८७ करोड ३१ लाख, विशेषमा चार अर्ब १५ करोड, समपूरकमा पाँच अर्ब ७२ करोड ४६ लाख गरी जम्मा एक खर्ब तीन अर्ब ७० करोड २५ लाख रकम छुट्याएको छ ।

यसका अतिरिक्त राजस्व बाँडफाँट र रोयल्टी बाडँफाँटबाट पनि प्रदेशलाई रकम जाने व्यवस्था गरिएको छ । यसैगरी प्रदेशको आफ्नै स्रोतबाट पनि राजस्व परिचालन हुन्छ ।

गण्डकी नयाँ धेरै नहुने

गण्डकी प्रदेशमा बजेट ल्याउने तीन दिनअघि मात्रै सरकार परिर्वतन भयो । नयाँ सरकार गठनले नीति कार्यक्रम र बजेट निर्माण गर्ने भन्दा पनि पुरानै नीति कार्यक्रम र बजेटलाई केही परिर्माजन गरेर ल्याउनुपर्ने बाध्यतावीच आज बजेट सभामा पेश हुदै छ । सरकार परिवर्तनका कारण नीति तथा कार्यक्रम पारित गर्न र बजेट निर्माणमा समय कम भए पनि आजै बजेट आउनेछ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बजेट प्रस्तुत गर्ने छन् ।

 

शनिबार नयाँ मन्त्रिपरिषद् गठन भएको छ । पाँच सदस्यीय मन्त्रिपरिषदमा सबै विनाविभागीय मन्त्रीहरु मात्रै रहेका छन् जिम्मेवारी बाँडफाड गरिएको छैन् । प्रदेश सरकारका प्रवक्ता तथा बिनाविभागीयमन्त्री कुमार खड्काले आगामी आर्थिक वर्षको बजेटमा धेरै नयाँ कुरा नआउने जानकारी दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...