पोखरा, असार ३ गते । गण्डकीमा ४ जनाको मृत्यु भएको भने थप ३३३ जना नयाँ संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो २४ घण्टाको विवरण सार्वजनीक गदै जसअन्तर्गत कास्कीका ११९ जना, तनहुँका १० जना, गोरखाका १६ जना, लमजुङका ७७ जना, नवलपुरका २५ जना र स्याङ्गजाका २५ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै, पर्वतका पाँच जना, बागलुङका ५२ जना र म्याग्दीका चार जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ५१ हजार ७६८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ५६६ जना कोरोनामुक्त भएका छन । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ४५ हजार ९१२ पुगेको छ।बिहीबार गण्डकीमा थप चार जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्कीका दुई जना र नवलपुरका दुई जना छन । गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८६५ पुगेको निर्देशनालयले जनाएको छ ।