प्राकृतिक स्रोत र साधानको संरक्षण गर्नु अनिवार्य :प्रमुख जिसी

लेखनाथ, असार ४ गते ।पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले प्राकृतिक स्रोत र साधान राज्यको भएकाले यसको संरक्षण र सम्वर्धन गर्नु अनिवार्य भएको बताउनु भएको छ ।

लेखनाथ खानेपानी उपभोक्त सस्थाको २० औं बार्षिकोत्सव समारोहको सुक्रवार उद्घाटन गर्दै प्रमुख जिसीले प्राकृतिको स्रोत र साधान मानिस वाच्नका लागि भएकाले यी प्राकृतीक वस्तुहरुको संरक्षण गरेर उपभोग गर्नु नै अहिलेको आवस्यकता हो उनको भनाई रहेको थियो ।

विकासका नाममा हुने विनासकारी कामले हाम्रो जनजिवनलाई प्रभावित पारेकाले यस तर्फ सचेत हुदै विकासका पुर्वाधारहरु निर्माण गर्दा सडक,खानेपानी,विजली,सिंचाईका विच सहकार्य हुनु पर्ने प्रमुख जिसीको सुझाव रहेको थियो ।

सस्थाका अध्यक्ष विष्णु प्रसाद वरालले २० वर्ष पार गरेको खानेपानी उपभोत्ता सस्थाले समथर र पाहाडी भु–भागका गरि करिव १४ हजार चार सय ४० उपभोत्ताहरुलाई श्वच्छ खानेपानी उपलब्ध गराउदै आएको र सस्था मार्फत दुईबटा पानीका मुहान, सातवटा बोरिङ र दुईवटा समवयल मार्फत पानी बितारण हुदै आएको जानकारी गराएका थिए ।

कार्यक्रममा संघिय खानेपानी आयोजनाका प्रतिनिधी सागर वस्यालले लेखनाथ खानेपानी उपभोक्ता सस्थाद्धारा वितरित पानी विश्व स्वास्थ्य संगठनको मापदण्ड पुरा गरेकोले ढुक्क भएर पानी खान आम उपभोक्ताहरुलाई अनुरोध गर्नु भएको थियो ।

साही अवसरमा सस्थाका निर्वतमान अध्यक्ष बोधराज लामिछाने,पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङ, वडा नं ३० का वडाअध्यक्ष श्रीराम पोखरेल लगाएतले जन्म देखि मृत्युसम्म पनि पानीको आवस्यकतालाई ध्यानमा राख्दै ब्यवस्थीत खानेपानी वितरणमा राज्यले ध्यान दिनु पर्नेमा जोड दिएका थिए ।

सस्थाका सचिव मुरारी शर्माले संचालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन कोषाध्यक्ष नारायणी भटराई सध्याले गरेकी थिईन ।सोही अवसरमा सस्थाको चौतफी विकासमा सहयोग पु¥याउदै आउनु भएको पलब्वर सुभराज अधिारी र स्टोर किपर सुर्य प्रसाद पौडेललाई सम्मान गरिएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...