गरिव दुखिलाई दुलालको  सहयोग जारी

कोभिड १९ को दोश्रो लहरका कारण निषेधाज्ञा जारी भए पश्चात गरिव दुखिहरु समस्यामा परेका छन् । त्यसमा पनि दैनिक मजदुरी गरि ज्यालाको भरमा जीवन यापन गर्ने गरिव दुखिहरु त्यसको मारमा परेका छन् । यस्ता दिन दुखिहरुलाई विभिन्न दाताहरुले सहयोग गर्दै आईरहेका छन् ।

यस्तै सहयोगी दाताहरु मध्ये पूर्व राष्ट्रिय खेलाडी, एपिएफका टेबलटेनिस प्रशिक्षक राजेन्द्र दुलाल र उनकी श्रीमतीले सहयोग गर्दै आईरहेका छन् । ठमेल पर्यटन बोर्डका सदस्य समेत रहेका दुलालले ठमेलको भगवान टोलमा मजदुर र दैनिक ज्यालादारी दिन दुखिहरुलाई सहयोग गरेका छन् ।

 

दुलाल दम्पत्तिले ३ सय परिवारलाई एक एक बोरा चामल, वाईवाई एक एक कार्टुन, दुई दुई लिटर तेल (सनफ्लावर), चार चार प्याकेट नुन, बिस्कुट र एक एक केजी सोयाविन मस्यौरा र पानीहरु प्रदान गरेका छन् ।यस्तै असहज परिस्थीतीमा दुखमा परेका र असहायहरुलाई सहयोग गर्न पाँदा निकैनै खुशी लागेको दुलालले बताए । हामी अझै दिन दुखिहरुलाई सहयोग गर्ने छौ दुलालले बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...