पहिरो जाँदा एकै परिवारकका तीन जनाको मृत्यु

काठमाडौं, असार ९ गते । दुई दिनदेखि परेको अविरल वर्षाका कारण रोल्पामा पहिरो जाँदा एकै परिवारको तीन जनाको मृत्यु भएको छ ।

रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले रोल्पा नगरपालिका–ह्वामा गाउँस्थित ढाम्पा टोलस्थित स्थानीय ४० वर्षीय टीकासिंह बूढामगरको घरमाथि पहिरो खस्दा तीन जनाको घटनास्थलमै ज्यान गएको बताउनुभयो । साथै अन्य तीन जना घाइते भएको उहाँले बताउनुभयो ।

मृत्यु हुनेमा टीकासिंहकी आमा ८६ वर्षीया कर्मिता, १८ वर्षीया बुहारी सुशीला र १५ वर्षीया छोरी श्यामकला रहेका छन् भो घाइते हुनेमा टीकासिंह, उनकी पत्नी सुनमाया र ९ वर्षीय छोरा शक्तिमान रहेको प्रजिअ सापकोटाले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
उहाँले प्रदेश र गृह मन्त्रालयमा सम्पर्क गरेर उद्धार र थप उपचारका लागिहेलिकप्टर बोलाउने व्यवस्था मिलाएको बताउनुभयो ।

‘घाइतेमध्ये दुईको अवस्था गम्भीर छ । हेलिकप्टरबाट थप उपचारका लागि लैजाने तयारी भएको छ,’ उहाँले भन्नुभयो, ‘वर्षाले सडक अवरुद्ध भएकाले प्रहरी घटनास्थल हिँडेर पुग्नुभएको छ । उहाँहरुलाई त्यहाँसम्म पुग्न करिब चार घण्टा लागेको थियो ।’ जिल्लामा केही दिनदेखि निरन्तर वर्षा भइरहेको समेत उहाँले बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...