पोखरा, असार १६ गते । कास्कीमा आजदेखि निषेधाज्ञा खुकुलो बनाउदै बजार खुल्ला र सार्वजनीक सवारी जोर विजोर प्रणालीमा सञ्चालनमा आएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले गत बैशाख १५ गतेदेखि निषेधाज्ञा जारी गरेपछि पसल र सार्वजनीक सवारी ठप्प थियो ।
कोरोना भाइरसको संक्रमण तिव्र गतिमा फैलिएपछि त्यसको रोकथाम र नियन्त्रणका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । कास्कीमा असार २५ गते राती १२ बजेसम्म्म निषेधाज्ञा जारी राखिएको छ । कास्कीमा निषेधााज्ञा जारी गरिएको यो नवौँ पटक हो । निषेधाज्ञा विगतमा भन्दा थप खुकुलो गरिएको छ । खाद्यान्न, तरकारी, फलफुलका पसल विहान ५ देखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने छ।
डिपामेन्टल स्टोर्स, सपिंग महल, स्टेशनी, पुस्तक पसल, खेलकुद सामाग्रीको पसल, कपडा जुत्ता फेन्सी, कस्मेटीक, गिफट आइटम, चुनचाँदी पसल, भाँडा पसल, अटोमोवाइल, निर्माण जन्य सामाग्रीका पसलहरु लगायत अन्य सबै पसल व्यवसाय विहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालय कास्कीकाले जारी गरेको आदेशमा उल्लेख गरिएको छ ।
त्यस्तै सार्वजनीक सवारी र नीजि सवारी जोर विजोर प्रणालीमा सञ्चालन गर्न पाइने प्रशासनले जनाएको छ । सार्वजनीक सवारी साधन सञ्चालन दुई महिनापछि सञ्चालनमा आएका छन् । आजदेखि कास्की जिल्लाभित्र जोर विजोरका आधारमा सार्वजनीक सवारी सञ्चालन गर्न पाइने कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताउनुभयो । निषेधाज्ञा खुकुलो भएसंगै सडकमा नगरबस, बेगनासताल बस ब्यवसायी समितिका बस र टयाक्सीहरु लगायत अन्य ब्यापारीक प्रयोजनका सवारी सवारीहरु सञ्चालनमा आएका छन् ।
यस्तै कोभिड–१९ को दोस्रो लहर नियन्त्रण र व्यवस्थापनका लागि जारी दुुई महिना लामो निषेधाज्ञा थप खुकुुलो पारिएसँगै पोखरामा विहानैदेखि चहलपहल बढेकोे छ । सार्वजनिक यातायातका सवारी साधन सञ्चालन गर्न अनुमति दिएसँगै चहलपहल बढेको हो । नगर बस सञ्चालन भएसंगै सुनसान सडकमा चहलपहल सुरु भएको छ ।