लाइफटाइम अचिभमेन्ट अवार्ड रञ्जितलाई

पाँचौ पोखरा स्पोर्टस अवार्ड–२०७६÷०७७ अन्तर्गत लाइफटाइम अचिभमेन्ट अवार्ड केशव रञ्जित (आनन्द) लाई प्रदान गरिएको छ । पोखरा–३ नदीपुर निवासी ६८ वर्षीय रञ्जितको पोखराको फुटबल विकासमा अतुलनीय योगदान छ । अवार्डसहित ४० हजार बराबरको चाँदीको करुवा, ताम्रपत्र प्रदान गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र मञ्चका अध्यक्ष एकराज गिरीले उहाँलाई सम्मान गुर्नभयो ।

पोखरेली फुटबलका जिउँदा इतिहास हुनुहन्छ, केशव रञ्जित –आनन्द( । जसले फुटबललाई नै जीवन ठान्नुभयो । फुटबलकै लागि जीवन अर्पिनुभयो । फुटबलमा पोखराको शान, मान र प्रतिष्ठा उकास्नका लागि अहोरात्र खटिनुभयो । उहाँ २०१० साल चैत २९ गते बुबा गणेशलाल रञ्जित र आमा गंगादेवी रञ्जितको कोखबाट जन्मिनुभएको हो । २०३१ सालदेखि नै खेल जीवन शुरु गनुभएका उहाँले करीब डेढ दशक गण्डकी अञ्चलको कप्तानी सम्हाल्नुभयो ।उहाँले २०३१ सालदेखि २०४५ सालसम्म गण्डकी अञ्चलको कप्तान बन्नुभयो ।

डेढ दशक गण्डकी अञ्चल फुटबल टिमको कप्तानी सम्हालेका आनन्दको टिमले २०३२ सालमा काठमाडौंमा भएको शुभ जन्मोत्सव कपमा स्वर्ण पदक जितेको इतिहास छ । उहाँकै कप्तानीमा २०३२ सालमै अन्तरअञ्चल नर ट्रफी प्रतियोगितामा सेमीफाइनलको यात्रा तय ग¥यो । २०३५ सालमा नर ट्रफी प्रतियोगितामा संयुक्त विजेता बन्दै पहिलो ६ महिना ट्रफी राखेर सफल कप्तानको पगरी गुथे आनन्दले । उहाँकै कप्तानीमा २०३७ सालमा बुटवलमा भएको नर ट्रफी प्रतियोगितामा गण्डकी अञ्चलको टिम उपविजेता बन्यो ।

२०३८ सालमा भने उहाँले महेन्द्र पुलिस क्लबबाट खेल्नुभयो । त्यही वर्ष उहाँको टिम महेन्द्र पुलिस क्लवले शुभ जन्मोत्सव कपको उपाधि चुम्यो । २०३१ सालदेखि २०४२ सालसम्म विभिन्न समयमा महेन्द्र पुलिस क्लब, न्यूरोड टिम ९एनआरटी०बाट खेलेका उहाँले थुप्रै पदक र प्रमाणपत्र जित्नुभएको छ ।२०३८ सालमा नेपालको राष्ट्रिय टिममा पनुभएका आनन्दले सो वर्ष रुस र भारतमा भएको अन्तर्राष्ट्रिय प्रतियोगिता खल्नुभयो ।सन् २००३ मा नेपाली राष्ट्रिय टिमको अफिसियल भई दक्षिण कोरिया, भारत र थाइल्याण्ड भ्रमण गर्नुभयो । २०३८ सालमा राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फुटबल टीमको गण्डकी प्रदेशको कप्तान भई फेयर प्ले उपाधि जिताउन सफल हुनुभयो ।२०५८ देखि ०६२ सम्म कास्की जिल्ला फुटबल संघ अध्यक्ष रहेर जिल्लाको फुटबलको विकास र बिस्तारमा महत्वपूर्ण योगदान दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...