पूर्व राष्ट्रिय खेलाडी तामाङको ४९ औं पुण्यतिथीमा श्रद्धाञ्जली सभा

पोखर, असार २२ गते ।नेपाली फुटवल टिमका पूर्व राष्ट्रिय खेलाडी, सहारा क्लव हङकङका बरिष्ठ उपाध्यक्ष एवं सहारा क्लव पोखराका आजीवन सदस्य बिल तामाङको ४९ औं दिनको पुण्यतिथीमा पोखरामा आज (सोमबार) श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरिएको छ । तामाङले खेलकुद र सामाजिक क्षेत्रमा पुराएको योगदानको प्रशंसा गर्दै सोमबार श्रद्धान्जली सभा कार्यक्रम सम्पन्न भएको क्लवले जनाएको छ ।

 

राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ, गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङ, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बहादुर बानिया, अग्रज पत्रकार नारायण कार्की, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरी, क्लवका संस्थापक अध्यक्ष बसन्त थकाली, सल्लाहकार सुनिल गुरुङ लगायतले खेलाडी तामाङको बारेमा चर्चा गर्दै उनको तष्विरमा पुष्पा गुच्छा अपर्ण गरेका थिए । क्लवका अध्यक्ष केशव बहादुर थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

 

सहारा एकेडेमीका पहिलो फुटवल प्रशिक्षक तामाङले फेन्डस, आरसिटि, जनकपुरचुरोट कारखाना लगायका संस्थाबाट फुटवल खेलेका थिए । पोखरा संगम टोल निवासी ४६ बर्षीय तामाङ को निधनले सहारा क्लवलाई समेत ठुलो क्षेति पुगेको क्लवले जनाएको छ । एएफसी लाईसेन्सको प्रमाणपत्र लिन स्वदेश आएका तामाङको कोरोनाको कारण निधन भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...