पोखरा, असार २५ गते ।पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले महिलाहरु अािर्थक रुपमा शसक्त र अधिकार बारे जानकार नहुदाँ पछाडी परेको बताउनु भएको छ । याङजाकोट तमु समाज आमा समितिद्धारा आयोजित कानूनी सचेतना तालिमको शुक्रबार उद्घाटन गदै उहाँले महिलाहरु शसक्तिकरणका लागि आर्थिक रुपमा सवल र सक्षम बताउदै अधिकार बारे सचेत बनाउनुपर्ने आवश्यकता रहेको औल्याउनुभयो । ‘महिलाहरु आफनो अधिकार बारे जानकार नहुदाँ समाजमा पछाडी पर्नुका साथै हिंसाको सिकार बन्नु परेको छ ।’
उहाँले महिलाहरु आफनो अधिकार बारे जागरुक बन्नुपर्ने बताउदै पोखरा महानगरले महिलालाई आर्थिक रुपमा सबल बनाउन उपप्रमुखसंग महिला कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । कमजोर आर्थिक अवस्था भएका महिलाहरुको आर्थिक अवस्था उकास्न सस्तो व्याजमा विनो धितो ऋण उपलब्ध गराउने, कानूनी ज्ञान बारे सचेत बनाउन कानूनी सचेता लगायतका कार्यक्रम ल्याएको उहाँको भनाई थियो । उपप्रमुख गुरुङले महिलाहरुमा सिक्ने इच्छा शक्ति हुनुपर्ने बताउदै भन्नुभयो,‘सबै कुरा सम्भव छ तर इच्छा शक्तिको खाँचो छ ।’
पोखरा महानगर वडा नम्वर १२ का वडा सदस्य विष्णुले समाजमा रहेका दिदीबहिनीहरुको शसक्तीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गदै आएको बताउनुभयो । कार्यक्रममा पत्रकार दीपेन्द्र श्रेष्ठले सकरात्मक सोच र अधिवत्ता गीता आचार्यले महिलाका अधिकार र कानूनी व्यवस्था बारे सहजीकरण गर्नुभएको थियो । याङजाकोट तमु समाज आमा समितिका अध्यक्ष लक्ष्मी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा याङजाकोट तमु समाजका अध्यक्ष चन्द्रबहादुर गुरुङ, महिला समितिका उपाध्यक्ष दुर्गामाया गुरुङ लगायतले बोल्नुभएको थियो ।