सर्वोच्चको फैसला विरुद्ध पोखरामा युवा संघको प्रर्दशन

पोखरा, असार २८ गते ।संसद विघटन बदर तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेशसहितको सर्वोच्चको फैसलाको विरोधमा एमालेको युवा संगठनले पोखरामा प्रदर्शन गरेको छ ।

पोखराको जिरो किमीमा भेला भएका युवा संघका नेता तथा कार्यकताहरुले सर्वोच्चको फैसलाको विरोध गदै प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा विरुद्ध नाराबाजी गरेका थिए । जिरो किमीबाट निस्केको जुलुस सृजनाचोक हुदै पोखरा सभागृहमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोण सभामा युवा संघका पूर्व अध्यक्ष एवं गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले सर्वोच्च अदालतको फैसला संवैधानिक कु भएको आरोप लगाउदै यसले देशमा निर्दलीयता लादने काम गरेको बताउनुभयो । संसदीय व्यवस्थाको खिल्ली उडाउदै सर्वोच्च अदालतले प्रधानमन्त्री नियूक्त गरेकाम निर्दलीयता भएको बताउनुभयो ।

युवा संघ गण्डकीका संयोजक महेन्द्र गुरुगले सर्वोच्चले संवैधानिक कु गरेको आरोप लगाउदै त्यसका विरुद्ध निरन्तर आन्दोलन गर्ने बताए । युवा संघ केन्द्रीय सचिव हरि लम्साल, जिल्ला अध्यक्ष पानबहादुर जिसी लगायतले सर्वोच्चोको आदेश गतल भएको बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...