संवैधानिक परिधिभित्र रहेर कर्तब्य पुरा गरेः निवर्तमान प्रदेश प्रमुख पौडेल

पोखरा, साउन १३ गते । गण्डकी प्रदेशका निवर्तमान प्रदेश प्रमुख सीताकुमारी पौडेलले संवैधानिक परिधिभित्र रहेर आफनो कर्तब्य निर्वाह गरेको बताउनु भएको छ । सरकारको सिफारिसमा गण्डकी प्रदेशको प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङलाई नियूक्त गरेपछि उहाँले मंगलबार निवास छाड्नु अघि पत्रकार सम्मेलन गदै भन्नुभयो,‘यो बीचमा मैले संवौधानिक परिधिभित्र रहेर आफनो कर्तब्य पुरा गरेको छु ।’ उहाँले प्रदेशको समृद्धिका लागि मैले पनि आफनो दृष्टिकोण सहित केही कार्यक्रम तय गरेको बताउनुभयो ।


उहाँका अनुसार “प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम” लाई जोड दिएर प्रदेश सरकार मार्फत २२ करोड बजेट विनियोजन गर्न सफल भएको जानकारी गराउदै जुन कार्यक्रमले सिङ्गो गण्डकी प्रदेशको शैक्षिक क्षेत्रको समग्र विकासभै असहाय र विपन्न परिवारका छोराछोरीले समेत गुणस्तरीय शिक्षा सर्वसुलभ ढंगबाट प्राप्त गर्ने सुनिश्चितता सहितको जिम्मेवारी यस कार्यक्रमले बोेकेको बताउुनभयो । कार्यक्रम नितान्त मुख्यमन्त्रीको मातहतमा सञ्चालन हुने गरी अवधारणा तयार गरिएको भन्दै उहाँले विचार फरक हुनसक्छ, आस्था फरक हुन्सक्छ तर राष्ट्रिय समृद्धिको पक्षमा भने हामी साझा उद्देश्य लिएर अघि बढनुपर्छ भन्ने मेरा मान्यता रहेको छ भन्नुभयो ।‘मलाई विश्वास छ, अव आउने प्रदेश प्रमुखज्यूले यो कार्यक्रमलाई उद्देश्य अनुरुप अगाडि बढाउनुहुनेछ । यसको साथै प्रदेशका सरकारसँग समन्वय गरेको स्मरण गराउन चाहान्छु ।’

प्रदेश प्रमुखको कार्यालय र प्रदेश सरकार गरेर अघि बढ्दा परीणाममुखी कार्य हुने अनुभूती गरेको छु उहाँले भन्नुभयो, दुई महिना २४ दिनमै पदमुक्त हुदाँ स्वभाविक लागेको बताउनुभयो । ‘सामाजिक परिर्वतनका लागि राजनीतिको निर्मम बाटो अपनाएर अघि बढेकाले पनि होला मनाई यी र यस्ता निर्णय निकै स्वभाविक लाग्छन् । संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षधर भएकाले यो निर्णयले मलाई कत्ति दुदि बनाएको छैन् ।’ पौडेलले राजनैतिक अस्थिरताले देश बन्दैन, यो सत्य हो । म सामाजको विकासका लागि हिजो जसरी सक्रिय थिए, आउने दिनमा पनि मेरो हैसियतमा रहेर निरन्तर क्रियाशिल भैरहेन छु ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...