२५ खाद्यवस्तुको मापदण्ड निर्धारण गर्ने तयारी

काठमाडौँ, साउन १६ गते । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दलहन, आइसक्रिम, मह, विभिन्न फलफूूल तथा तरकारीमा जीवनाशक विषादीको अवशेषलगायत थप २५ वस्तुको मापदण्ड तोक्ने तयारी गरेको छ । यसअघि चिउरा, पुुष्टकारी, दालमोट, तेल तथा घिउमा टोटल पोलार मेटेरियल, गुुँदपाकलगायतका १३५ विभिन्न खाद्यवस्तुको गुणस्तर मापदण्ड तोकेको विभागले थप २५ वस्तुको मापदण्ड निर्धारण गर्ने तयारी गरेको हो ।


विभागका महानिर्देशक उपेन्द्र रायले यी वस्तुको गुणस्तर निर्धारण सम्बन्धमा खाद्यविज्ञसहितको प्रविधि समितिले काम गरिरहेको जानकारी दिनुुभयो । यीमध्ये पनि केही वस्तुको मापदण्ड प्रविधि समितिबाट स्वीकृति भइसकेको र अधिकांश स्वीकृत हुने क्रममा रहेको उहाँको भनाइ छ ।विभागका अनुसार विगतमा खाद्यान्नका मापदण्ड बनेका छन् तर वस्तुगत रूपमा छुट्याइएको थिएन । दलहन, मह, फलफूलका रस, आइसिक्रमलगायत वस्तु निर्यात हुन्छन् । खाद्यान्नको वस्तुगत रूपमै मापदण्ड हुँदा व्यापारमा पनि सहजीकरण हुने विभागले जनाएको छ । गर्मी महिनामा आइसक्रिमको खपत पनि बढ्ने गरेको छ । यद्यपि यसको मापदण्ड निर्धारण नहुँदा आमउपभोक्ता गुणस्तरहीन आइसक्रिम उपभोग गर्न बाध्य छन् ।

विभागको खाद्यस्तर निर्धारण कार्यक्रमअनुसार गेडा सिमी÷सिमीको दाल, गेडा बकुला÷बकुलाको दाल, गेडा बोडी÷बोडीको दाल, गेडा राजमा÷राजमाको दाल, गेडा केराउ/केराउको दाल, गहतको दाल, गेडा मस्याङ र आइसक्रिमको गुणस्तर तोक्ने लागिएको छ । फ्रोजन डेजर्ट, खुवा/कुराउनी, छुर्पी, डेरी ह्वाइटनर, कर्न स्टार्च, माल्टेड मिल्क फुड, माल्ट बेस्ड मिल्क फुड, पास्ता, मह, सोयासस, सोयाबडी, रोल्ड ओटस्, पिनट बटर, कोका बटर, मार्गरिन, रोस्टेड पिनट केर्नल, विभिन्न फलफूल तथा तरकारीमा जीवनाशक विषादीको अवशेषको गुणस्तर तोक्ने तयारी गरिएको हो । अनिवार्य गुणस्तर मापदण्ड मस्यौदा तयार गरी प्राविधिक विज्ञहरूको समितिमा छलफल गरिएको विभागले जनाएको छ । विभाग महानिर्देशक रायले यी वस्तुको मापदण्ड तोक्ने विषयमा उपसचिवको संयोजकमा रहेको गुणस्तर निर्धारणसम्बन्धी समितिले अध्ययन गर्ने र विश्लेषण गर्ने काम गरिरहेको जानकारी दिनुुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...