पोखरा रंगशाला सरसफाई

पोखरा, साउन १६ गते । झण्डै तीन महिना ठप्प रंगशालामा खेलकुद गतिविधि ठप्प भए । कोरोना भाइरस संक्रमणका कारण खेल गतिविधि ठप्प भएपछि पोखरा रंगशालामा घाँस उम्रेर झाँडी बनेको थियो ।

नियमित प्रशिक्षण र खेलकुद गतिविधि नहुदाँ त्यहाँ सरसफाई समेत भएन् । झण्डै तीन महिना सरसफाई नहुदाँ रंगशालामा घाँसे मैदानमा परिणत भएको थियो । बैशाखमा कोरोना संक्रमण बढेपछि खेल गतिविधिमा रोक लगाइएको थियो । साउन पहिलो साताबाट रंगशालामा प्रशिक्षणका लागि खुल्ला गरिएको छ ।


घाँस र झाडीले रंगशाला फोहोर देखिएपछि राष्टिय खेलकुद परिषद्, गण्डकी प्रदेश खेलकुद परिषद्, कास्की जिल्ला खेलकुद विकास समिति र महानगर खेलकुद विकास समितिको आयोजनामा शनिबार रगशाला सरसफाई गरियो । बर्खायाममा पानी परेका कारण घाँस उम्रिएर रंगशाला कुरुप भएको थियो, त्यसैले आज चार वटै खेलकुदका निकायहरुले सरसफाई कार्यक्रम आयोजना गरेको हौ कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बानियाँले जानकारी दिनुभयो ।

रगशाला सफा राख्ने काम हाम्रो हो त्यसैले आफनो जिम्मेवारी र दायित्वलाई पुरा गरेका हौ । सधै खेलाडी आउने प्रशिक्षण र प्रतियोगिता हुने अवस्थामा सफा हुन्छ तर अहिले कोरोनाका कारण रंगशाला ठप्प हुदाँ फोहोर देखिएकाले सफा गयौ पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदारले बताउनुभयो ।

सरसफाई कार्यक्रममा राष्टिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङ, गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङ, जिल्ला खेलकुद समितिका अध्यक्ष लगायत पदाधिकारी र सदस्य तथा विभिन्न खेलमा आवद्ध खेलाडी र संघका अध्यक्षहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...