पोखरा, साउन १६ गते । गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल जीवन समक्ष पोखराको फेवा नहरलाई व्यबस्थापन गर्न पोखरेलीले माग गर्नुभएको छ । पोखरा १७ को जनजागरण टोल विकास संस्थाले शनिबार मन्त्री बराललाई बधाई ज्ञापन गर्ने क्रममा पोखरेलीले फेवानहरको कारण हरेक बर्ष जसो मान्छे समेत बगाउने त केहीको मृत्यु समेत भएकोले फेवानहर व्यबस्थापन गर्न माग गर्नुभयो ।
पोखरा महानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष तिर्थराज अधिकारीले पोखरा पार्दी स्थित राम मन्दीरबाट पावरहाउस खेल मैदान जाने १२ सय मिटर सडक स्तरोन्नती गर्न माग गर्नुभयो । पावरहाउसमा करिब ५ सय रोपनी जग्गा मध्य हाल सहासिक खेल गतिविधि संचालन गर्न सकिने गरी हाल १ सय ५२ रोपनी जग्गा प्रयोग गर्न मिल्ने अबस्थामा रहेको उहाँले बताउनुभयो । संस्थाका उपाध्यक्ष कमलप्रसाद बरालले द्धन्दकालमा हत्केलामा ज्यान राखेर जनयुद्धमा होमिएको योद्धा आज मन्त्री भयर आफुहरुले सममान गर्न पाउन निकै खुसि व्यक्त गर्नुभयो ।
उहाँले जनातको भावना अनुसार काम गर्न मन्त्री बराललाई आग्रह गर्नुभयो । जनजागरण आमा समुहका अध्यक्ष नन्दकुमारी गुरुङ, पोखरा १७ का वडा सदस्य राधिका शाही, सचिव शिव बराल लगायतले मन्त्री बरालाई बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको कामना गरेका गर्नुभयो । पोखरा १७ धेरै क्षेत्रका मानिसहरुको बसोबास भएको मिश्रित बस्ती भएकोले सम्भावना युक्त पोखरा १७ लाई अपेक्षा गरे अनुरुप आफ्नो क्षेत्रबाट पहल गर्ने मन्त्री बरालले बताउनुभयो । आगामी दिनमा रचनात्मक सल्लाह सुझावको अपेक्षा गरेको बताउनुभयो ।