पोखरा, साउन १७ गते । घान्द्रुक समाज हङकङ र घान्द्रुक समाज बेलायतले घान्द्रुक़का पहिरो पीडितलाई राहत स्वरूप नगद रकम प्रदान गरेको छ। १५ लाख १हजार ७ सय ७० रूपैया नगद राहत रकम घान्द्रुकका समाज हङकङका पूर्व अध्यक्ष चन्द्र गुरूङ, सचिव दीपक गुरूङ र घान्द्रुक समाजबेलायतका निवर्तमान अध्यक्ष अर्जुन गुरूङले सुक्रवार संयुक्त रूपमा घान्द्रुकमा आयोजित एक कार्यक्रममा प्रदान गरेका छन । घान्द्रुकसमाज हङकङका अध्यक्ष दुर्गा गुरूङको नेतृत्वमा १२ लाख ९१ हज़ार ७ सय ७० र घान्द्रुक समाज बेलायतमा २ लाख १० हजार संकलनभएको थियो ।
गत असार १ गतेको मध्यराती अन्नपूर्ण गाउँपालिका वड़ा नं १० र ११ का विभिन्न ठाउँमा पहिरोले २ घर बगाएर पूर्ण क्षति, २ घर उच्चजोखिम, ७ घर परिवारमा क्षति पुगेको थियो ।रोजगारीको शिलशिलामा हङकङ र बेलायत रहेका घान्द्रुक समाजमा आवद्ध सदस्यहरुबाट रकम संकलन गरी प्राकृतिक बिपतकोसमयमा पिडितलाई केहि राहत होस भनि रकम सहयोग गरिएको घान्द्रुक समाज हङकङका सचिव एवं कार्यक्रम संयोजक दीपकगुरूङले बताउनु भयो ।
राहत रकम पाउनेमा घर पूर्ण क्षति भएका चिजकुमारी र मैतसिं गुरूङको परिवारलाई हङकङको तर्फ़बाट ४ लाख १६ हजार ७ सय ७० रबेलायतको तर्फ़बाट १ लाख २० हजार, हरिकला गुरूङलाई १ लाख र छबी राना मगरलाई हङकङको तर्फ़बाट १ लाख र बेलायतकोतर्फ़बाट ४० हजार नगद सहयोग प्रदान गरिएको छ ।
त्यसै गरी पहिरोको उच्च जोखिम रहेका विस्थापित भएका बुद्वीबहादुर परियार र मनभुजा परियारलाई जनहि हङकङको तर्फ़बाट १ लाख र बेलायतको तर्फ़बाट २० हजार रकम उपलब्ध गराईको थियो । त्यस्तै घर चर्केरक्षति भएका रामप्रसाद गुरूङ, दीपक गुरूङको परिवारलाई जनहि ५० हजार, कमला जैसी, रोजन बिक, टेकबहादुर पौडेल, राजमानगुरूङ र खड़कबहादुर जैसीलाई जनहि ३५ हजार प्रदान गरिएको कार्यक्रम संयोजक गुरूङले बताउनु भयो ।
स्थानीय रोधी क्लब घान्द्रुकको सभाहलमा सम्पन्न कार्यक्रममा अन्नपूर्ण गाउँपालिका १० घान्द्रुकको किम्चे स्थित श्री जनप्रेमी आधारभुतबिधालय पुनर्निमाणको लागि घान्द्रुकका समाज हङकङले २ लाख र बेलायतले ५० हजार रकम उपलब्ध गराएको छ । सो रकमकार्यक्रमका प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष युवराज कुँवर घान्द्रुकका समाज हङकङका पूर्व अध्यक्ष चन्द्र गुरूङ, सचिव दीपक कुमार गुरूङ र घान्द्रुक समाज बेलायतका निवर्तमान अध्यक्ष अर्जुन गुरूङले बिधालय व्यवस्थापन समितिका अध्यक्षचन्द्रबहादुर बिक, भवन निर्माण समितिका अध्यक्ष सोमप्रसाद गुरूङ र बिधालयका प्रअ बाबुराम सापकोटालाई संयुक्त रूपमाहस्तान्तरण गरेका थिए । घान्द्रुक समाज बेलायतले अन्नपूर्ण क्लब किम्चेको भवन निर्माणका लागि ५० हजार रक़म उपलब्ध गराएको छ।
कार्यक्रममा पहिरोबाट प्रभावित ११ घरपरिवारलाई ११ बण्डल रंगिन कर्कटपाता गाउँपालिकाको तर्फ़बाट अध्यक्ष युवराज कुँवरलेवितरण गर्नुभएको थियो ।अध्यक्ष कुँवरले रोजगारीको सिलसिलामा देश बिदेशमा रहेर पनि आफ्नो गाँउठाँउमा बिपत पर्दा गरेको सहयोग प्रशंसनीय भएकोलेसहयोगीदाताहरुलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरिएको बताउनु भयो ।
रोधी क्लब घान्द्रुकका अध्यक्ष पूर्ण गुरूङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्जुन गुरूङ, चन्द्र गुरूङ, दीपक गुरूङ र रोधी क्लबघान्द्रुकका सचिव राजबहादुर गुरूङ लगाएतले पहिरोबाट विस्थापित गाउँबासीका परिवारलाई केहि मात्रमा भएपनि राहत पुगोस भनिआर्थिक सहयोग गर्न पाँएकोमा सन्तुष्टि मिलेको बताउनु भयो ।