आगामी वर्ष वडालाई धुलोमुक्त बनाउछौँ

पोखरा ।पोखरा महानगरपालिका वडा नम्वर ५ ले महानगरको नीति कार्यक्रम र वडाको आवश्यकतालाई प्राथमिकतामा राखेर अगाडी बढेको बताएको छ । गत आर्थिक वर्षमा वडाले सम्पन्न गरेको कार्यहरुको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा वडा अध्यक्ष धनबहादुर नेपालीले गत वर्ष सडक पूर्वाधार निर्माणलाई प्राथमिकता राखेर बजेट विनियोजन भएकोमा त्यसलाई पुरा गरिएको बताउनुभयो ।

उहाँले वडालाई नमुना बनाउने उद्देश्यले अनुसार आगामी वर्ष वडालाई धुलोमुक्त बनाउने लक्ष्य राखिएको बताउनुभयो । वडाका धेरै सडकहरु ढलान र कालोपत्र गरिएको छ अध्यक्ष नेपालीले भन्नुभयो, यस वर्ष बाँकी रहेका सडकहरु कालोपत्रे र ढलान गदै धुलोमुक्त वडा बन्ने छ । वडा कार्यालयले तीन करोड ४६ लाख ५४ हजार ५०० को खर्च विवरण सार्वजनिक गरेको छ ।

 

जसमा वडास्तरीय अन्तर्गत विभिन्न योजनामा ५१ लाख ५९ हजार ५०० रुपैयाँ खर्च भएको वडाध्यक्ष धनबहादुर नेपालीले बताउनुभयो । यी योजनामा बाटो ढलान, नाला निर्माण, नहर कूलो निर्माण, व्याडमिण्टन कोर्ट निर्माण लगायत विकास कार्य भएको जनाएको छ । यस्तै, मानवीय सशक्तिकरणमा १५ लाख ७३ हजार रुपैयाँ खर्च भएको वडाध्यक्ष नेपालीले बताउनुभयो ।

यसैगरी महानगरस्तरीय योजनामा एक करोड ५६ लाख २२ हजार रुपैयाँ खर्च भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । जसमा सबैभन्दा धेरै जरेवर धारापानी सडक ढलान तथा रिटेनिङ वाल निर्माणका लागि ९० लाख रुपैयाँ खर्च भएको छ ।

यस्तै, शान्ति मार्गमा कालोपत्रे तथा रिसोलिङका लागि २० लाख, पञ्चकोशी मार्गको बाटो मर्मत गर्न १६ लाख, गहन मार्गको सडक स्तरोन्नतिका लागि १५ लाख, झौरीखेत उकालो बाटो ढलानका लागि ६ लाख र खानेपानी लाइन विस्तारका लागि चार लाख ९२ हजार रुपैयाँ खर्च भएको छ ।

यस्तै, महानगरस्तरीय योजना अन्तर्गत तारणी मार्गको बाटो ढलानका लागि दुई लाख ८० हजार, नमूना मार्ग नाला निर्माणका लागि एक लाख ५० हजार रुपैयाँ खर्च भएको वडाध्यक्ष नेपालीले जानकारी दिनुभयो ।

यसैगरी प्रस्र्याङको वगैचापार्क पुनःनिर्माणका लागि ८९ लाख रुपैयाँ, झौरीखेत गहिरा बाटो ढलानका लागि १० लाख, प्रगतिमार्गको उत्तरतर्फको बाटो ढलानका लागि आठ लाख, बाराही मार्गको लेनका लागि १० लाख र बुटिक चौतारी निर्माणका लागि ६ लाख रुपैयाँ खर्च भएको वडा कार्यालयले जनाएको छ ।

 

वडाभित्रल चालुआर्थिक वर्ष २०७८ र ७९ का लागि महत्वपूर्ण आयोजनाका दश वटा आयोजनालाई सावेश गरेको छ । दश योजनाका लागि ११ करोड ७० लाख रुपैयाँको बजेट छुट्याइएको छ । यी योजनामध्ये सबैभन्दा धेरै बजेट पोखराको वडा नं। ४ र ५ जोड्ने पुल रहेको छ । जसका लागि तीन करोड ९२ लाख रुपैयाँ छुट्याइएको छ । यस्तै, दुई करोड २३ लाख रुपैयाँको लागतमा बाराही माविको कक्षा कोठा निर्माण गर्न लागिएको छ । यो बजेट राष्ट्रिय पुननिर्माण प्राधिकरणमार्फत प्राप्त प्राप्त हुने जनाइएको छ । यसैगरी दुई करोडको लागतमा जिरोदेखि गणतन्त्र चोकसम्मको कंक्रिट ब्लक अपांगमैत्री बाटो निर्माण र दुई करोडकै लागतमा वडा कार्यालय कृषि उपज विक्री केन्द्र स्थापना हुने वडाध्यक्ष नेपालीले जानकारी दिनुभयो ।

 

यस्तै, ७० लाखमा विशालमार्ग ढलान तथा दोहोरो नाला निर्माण, ४० लाखमा जरेबर धारापानी बाटो ढलान, २० लाखमा पोखरा ५ र ८ को ज्योतिमार्ग, बरालमार्ग कल्भर्ट पुल निर्माण, १५ लाख रुपैयाँमा प्रस्र्याङस्थित बगैचा पार्क र १० लाखको लागतमा बुलौंदी पार्क निर्माणका लागि बजेट विनियोजना गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...