पोखरा, साउन २७ गते ।गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जनजाती, धर्म, संस्कृति प्रदेशको सम्पत्ति र गहना भएका कारण विषेश रुपमास्थान दिइएको बताएका छन् । फोनिज गण्डकी प्रदेशले आयोजना गरेको पुरस्कार वितरण कार्यक्रमा उनले प्रदेशमा भएका धर्म संस्कतिलाई समेट्दै धार्मिक पर्यटनमा जोड दिएको बताए ।
गुरुङ जातीको उद्गमथलो क्होलासोंथार, लिगलिगकोट जस्ता महत्वपूर्ण स्थानहरुलाई विश्व सम्पदा सुचीमा राख्न पहल भइरहेको उनले बताए । आदिवासीजनजाती पक्षबाट आउने सुझावलाई सकरात्कम रुपमालिंदै त्यसैको आधारमा अगाडि बढ्ने उनको भनाई थियो । एक फरक प्रसंगमा प्रदेशको विकाश निर्माण र समृद्धिका पाटाहरु केही समय थाती राखेर जनताको स्वास्थ्यमा प्रदेश सरकार लागिपरेको उनको भनाई थियो । पहिलो चरणमा निशुल्क खोपकालागि बजेट छुट्याएपनि सिधैं प्रदेशले खोप ल्याउन पाउने अधिकार नभएका कारण संभवना नभएको मुख्यमन्त्री पोखरेलले बताए । तथापी संघ सरकारसँग समन्वय गरी प्रदेशका जनतालाई पूर्ण खोप सुनिश्चित बनाउने अभियान जारी रहेको उनको भनाई थियो ।
मुख्यमन्त्रीका राजनीतिक सल्लाकार खड्गबहादुर कुमालले पुरस्कृत व्याक्तित्वलाई बधाई दिदैं फोनिजलाई यस्तो किसिमको कार्यक्रमलाई आगामीदिनमा पनि निरन्तरता दिन आग्रह गरे । प्रदेश सरकारसँग धेरै अपेक्षा अनुरोध भएपनि पुरा गर्न गाह्रो हुने उनको धारणा थियो । प्रदेश सरकारले फोनिज गण्डकीका लागि ५ लाख रुपैयाँ रातो किताबमा राखेकोमा खुसी व्यक्त गरे । रकम सानो भएपनिसिड मनीको रुपमा राखेर राम्रा राम्रा कार्यक्रम ल्याउन सके पछिल्ला दिनमा सहज हुने बताए । यो पटक रातो किताबमा राखिएको शिर्षक आगामी वर्षहरुमा कुनै पनि सरकाले कुनै पनिबहानामा हटाउन नसक्ने उनको भनाई थियो ।
नेपालपत्रकार महासंघकी केन्द्रिय सदस्य सरितातिम्सिना पंगेनीले पत्रकार महासंघ र फोनिज सँगसँगै रहेको बताईन् । स्थानिय, प्रदेश र केन्द्र सरकारले आदिवासीजनजाति, महिला, बालबालिकाकालागि बजेट छुट्याउन हातकमाउन नहुने धारणा व्यक्त गरिन् । आदिवासीजनजातिको मुद्धालाई साझा मुद्धा बनाएर आवाज उठाउन नेपाल पत्रकार महासंघ फोनिजसँगै रहेको उनले बताईन् ।
कार्यक्रममा फोनिज गण्डकी प्रदेशका इन्चार्ज हुमबहादुर गुरुङले पुरस्कृति व्यक्तित्वद्वयको परिचय दिदै फोनिजको स्थापनाको औचित्यमाथि प्रकाश पारेका थिए । फोनिज गण्डकी प्रदेशका उपाध्यक्ष दील शिरिषले पुरस्कार दाताहरुको सहयोगीमनकै कारण पुरस्कार सम्भव भएको बताए । पछिल्लो समय पुरस्कारको अस्वस्थ प्रतिस्पर्धाका बिच फोनिजले पुरस्कारलाई कुनै त्रुटी बिना संचालन गरेको उनको भनाई थियो । फोनिज गण्डकी प्रदेशका महासचिव रुद्र शिरिष मगरले फोनिजको स्थापना दिवशमा शुभकामना व्यक्तगर्दै आगामीदिनमा आदिवासीजनजातीको मुद्धामा पत्रकारहरु खरो रुपमा लाग्नुपर्ने धारणा राखे ।