खेल संघहरुलाई सुचिकृत हुन महानगर खेलकुद समितिद्धारा आह्वान

पोखरा, साउन ३१ गते ।पोखरा महानगरपालिका खेलकुद विकास समितिले खेल संघहरुलाई दर्ताा लागि आह्वान गदै कार्यप्रारम्भ गरेको छ । पोखरा महानगर खेलकुद विकास समितीले आइतबार एक सुचना सार्वजनीक गदै सवै खेल संघहरुलाई सुचिकरणका लागि आह्वान गरेको हो ।

पोखरा महानगर खेलकुद विकास समितीका सदस्यसचिव सुभाष खडकाले सुचना जारी गदै महानगरभित्र रहेका खेल संघहरु, क्लवहरु र खेलकुद सम्वन्धि संस्थाहरुलाई पोखरा महानगर खेलकुद विकास ऐन, २०७५ को धारा १३ बमोजिम दर्ता गर्न आह्वान गरेको हो । पोखरा महानगर भित्र खेलकुद गतिविधि सञ्चालन गर्ने सबै खेल संस्थाहरुलाई २०७८ भदौ २५ गते सम्म महानगरपालिकाको खेलकुद समितीमा दर्ता हुन समयसिमा तोकेको छ ।

 

वार्षिका कार्य योजना र आय श्रोत सहित संस्थाका कागजातहरु सहित दर्ताका लागि पेश गर्नुपर्ने सुचनामा उल्लेख गरिएको छ । पोखरा महानगर खेलकुद समितीमा दर्ता नभएका खेल संस्थाहरुलाई पोखरा महानगर भित्र नहुने । गतिविधिमा महानगरको आर्थिक वा अन्य सहयोग गर्न समिति वाध्य नहुने सदस्य सचिव खड्काले बताए ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार खेलकुदका सवै संघहरु स्थानिय तह हुँदै जिल्ला, प्रदेश र राष्ट्रिय खेलकुद परिषदमा दर्ता गर्नुपर्ने प्रावधान समेत रहेको छ । पोखरा महानगर खेलकुद विकास समितिमा अध्यक्ष र सदस्यसचिव नियूक्त भएपनि पूर्ण भने भएको छैन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...