पोखरा, भदौ ४ गते ।नेपाल खेकलुद महासंघ पोखरा महानगर कमिटिद्धारा पोखरा रंगशालामा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । महासंघले शुक्रबार रंगशाला हाताभित्र ३० वटा विभिन्न जातका विरुवा रोपेको हो ।
गण्डकी प्रदेश सांसद प्रभा कोइरालाले विरुवा रोपेर सुरुवात गर्नुभएको थियो । उहाँले खेलकुदले मानिसलाई स्वस्थ बनाउने बताउनुभयो । ‘खेलकुदले मानिसको जीवन स्वस्थ र सहज बनाउछ, त्यसैले खेलकुद सबैका लागि आवश्यक छ ।’ उहाँले खेलकुदका माध्यमबाट नागरिकलाई स्वस्थ बनाउदै एकाकार बनाउन युवाहरुको भुमिका महत्वपूर्ण हुने भएकाले यस्ता रचनात्मक कार्यले समाजमा सकरात्मक प्रभाव पार्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल खेलकुद महासंघका उपाध्यक्ष ओमकृष्ण प्रसाईले पर्यावरण र वातावरण जोगाउन बृक्षारोपणले भुमिका खेल्ने बताउनुभयो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले खेलकुदको विकासका लागि राम्रा ब्यक्तिहरुको खाँचो रहेको बताउदै खेलकुद र खेलाडीको पक्षमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रम खेलकुद महासंघ महानगर कमिटिका संयोजक खगेन्द्र क्षेत्रीको अध्यक्षतामा भएको थियो भने कार्यक्रममा स्वागत महासंघ इन्चार्ज रामचन्द्र थापा, कास्की इन्चार्ज राजन सुवेदीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल खेकलुद महासंघका उपमहासचिव शान्तामाया परियार, युवा संघ केन्द्रीय सदस्य विष्णु पुन, प्रदेश खेलकुद परिषद् सदस्यसचिव तेजबहादुर गुरुङ, प्रदेश खेलुकद परिषद् सदस्य दीलहादुुर गुरुङ, ऋषि गौतम, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर बानियाँ, खेलकुद महासंघ कास्कीका उपाध्यक्ष किरण गौतम,पोखरा महानगर खेलकुद विकास समितिका सदस्यसचिव सुभाष खड्का,युवा संघका नेताहरु रामचन्द्र तिमिल्सिना, मोहन सुवेदी, उपेन्द्र गिरी लगायतले बृक्षारोपण गर्नुभएको थियो ।