पोखरा, भदौ ५ गते । कास्कीमा अहिलेसम्म १ लाख ४८ हजार २ सय ५२ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । जिल्ला जनस्वास्थ्य कार्यायल कास्कीका बरिष्ठ जनस्वास्थ्य अधिकृत बाबुराम आचार्यले दिएको जानकारी अनुसार १ लाख ४८ हजार ५२ जनाले दुवै डोज खोप लगाएका छन् ।
उहाँका अनुसार पहिलो दोज खोप लगाउनेको संख्या १ लाख ५७ हजार २ सय ७६ रहेको छ ।त्यस्तै दोश्रो डोज खोप लगाउनेको संख्या १ लाख २३ हजार १ सय ४२ रहेको छ । कास्की जिल्लाका लागि हालसम्म २ लाख ८० हजार ४ सय १८ जोड खोप आएको उहाँले जानकारी दिनुभयो । कास्कीमा कोरोना विरुद्धको खोप लगाउने जनसंख्या ६ लाख रहेको अधिकृत आचार्यले बताउनुभयो ।
कास्की कोरोना भाइरसको उच्च जोखिममा रहेको जिल्ला हो ।त्यसैले काठमाडौपछि खोपको पहिलो प्राथमिकतामा परेको उहाँले बताउनुभयो । कास्कीमा बिहिबारसम्म संक्रमितको संख्या ३१ ह्जार १ सय १४ जना संक्रमित भएकामा २८ हजार ३ सय १९ जना निको भएका छन् ।
कास्कीमा सक्रिय संक्रमित संख्या २ हजार २ सय ७४ जना रहेका छन् । कास्कीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ सय २१ पुगेको छ । कास्कीमा पछिल्लो समय संक्रमित र मृत्यु दर बढेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञामा थप कडाई गदै भदौ १० गतेसम्म थप गरेको छ । शुक्रबारबाट कास्कीमा सार्वजनीक र नीजि सवारीमा जोरविजोर प्रणाली लागु गरेको छ । यता पोखरा महानगरपालिकामा १ लाख ८ हजार९ सय ८१ जनाले दुवै डोज खोपको मात्रा पुरा गरेका छन् ।